logo
  • शुक्रबार, असोज ३० २०८३

अर्घाखाँचीमा पहिरोले गोठ पुरिँदा एक जनाको मृत्यु 


  • मंगलबार, भाद्र ४ २०८१

बुटवल   भदै  ४
अर्घाखाँचीको शितगंगा नगरपालिका मा पहिरोले गोठ पुरिँदा गोठमा रहेका एक स्थानीयको मृत्यु भएको छ।
अविरल वर्षाका कारण शितगंगा नगरपालिका वडा नम्बर १३, सिमल पानीको भंङ्गलामा गोठमाथिबाट खसेको पहिरोले पुरिँदा ३५ वर्षीय विष्णु थापाको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय  अर्घाखाँचीका डिएसपी प्रतीक सिंह राठोरले बताए । उनका अनुसार  ११ बजे तिर गोठका बाख्रा फुकाउन  गएका थापाको माथिबाट खसेको ढिस्काले पुरिएर मृत्यु  भएको हो । गोठमा थापासँगै एक भैँसीको पाडो र दुई बाख्रा समेत च्यापिएका  थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend