बुटवल, ३१ साउन ।
रुपन्देहीमा डेढ दर्जन स्थापित उद्योग संचालन गर्दै आएको आवास ग्रुपका प्रबन्ध निर्देशक महेश थैवलाई एशिया नं वान ब्राण्ड एण्ड लिडरसिप एक्सलेन्स अवार्ड २०२४ बाट सम्मान गरिने भएको छ । औद्योगिक उत्पादन तथा ब्यापारका विभिन्न पक्षहरुको उत्कृष्टता, उद्यम र उद्यमशिलताबाट देशको आर्थिक विकासमा प्रभावशाली योगदान गरि आर्थिक वृद्धिमा महत्वपूर्ण टेवा पुर्याएको भन्दै ब्राण्ड अफ वल्र्ड रिसर्च काग्रेस ९लण्डन० ले यसवर्ष अवार्डबाट थैवलाई सम्मान गर्न लागेको हो आवास ग्रुपका प्रबन्ध निर्देशक महेश थैवले विहिबार यस विषयमा औपचारिक जानकारी पाएको बताए । औद्योगिक विकासमा टेवाका साथै सामाजिक उत्तरदायित्व बहन गरेवापत अन्तराष्ट्रिय सम्मान पाउन लागेकोमा धेरै खुशी लागेको प्रबन्ध निर्देशक थैवले बताए । आरयुएलए अवार्ड, वल्र्ड रिसर्च काग्रेस ९डब्लुआरसि० र ईन्टरनेश्नल अवार्ड काउन्सिल तथा अन्य धेरै अन्तराष्ट्रिय कमिटि र काउन्सिलमा आवद्ध रहेको यो एशिया अवार्ड वितरण मलेशियाको सेरी होटलमा २३ डिसेम्बरमा हुने छ । जहा २० बढी देशका अतिथिहरुको उपस्थिति रहने छ ।
।थैव परिवार बुटवलमा २०५४ सालमा कपडा पसलबाट ब्यापार शुरु गरेका थिए । काईला छोरा विश्वेश्वर थैवले शुरुवातमा एशियन फुटबेयर र साग्रिला फुटवेयर चलाए । जुन त्यो बेला बजारमा नाम कमाएको थियो । चाईनिज जुत्ताले यो उद्योगलाई प्रभावित पार्यो । माईला यज्ञश्वर आफनो लगन र मेहनतका कारण शंकरनगरमा आवास आल्मुनियम एण्ड स्टिल ईण्डस्ट्रिजबाट बजारमा छाप छोडे । परम्परागत हुदै नया प्रविधिको ट्रान्जेक्सनल समयमा आम उपभोक्ताको माग अनुसारको नया नया उत्पादनमा जोड दिदै गए । स्वदेशमा गुणस्तरीय बस्तु तथा सेवा उत्पादनसंगै धेरै युवाहरुलाई रोजगार सृजना गर्न ग्रुप सफल रहेको छ ।
उद्योग तथा व्यापार दुबै एकसाथ अघि बढाएका थैव दाजुभाईहरु एभरेष्ट फुड एण्ड बेभरेजमार्फत सफट डिक्स र जुससहितको पेय पदार्थ, मयुर स्टिल एण्ड ईण्डष्ट्रिजमार्फत हेल्मेट र लेगार्ड, टेक्टरको हुड, आवास आल्मुनियम एण्ड स्टिल फर्निचर, लिडर टेप्स एण्ड भल्भ ईण्डष्ट्रिज, मिराज ईण्डष्ट्रिज प्रालिमा कब्जा किल्ला, शुभ लक्ष्मि पोलिमर ईण्डष्ट्रिज, लक्ष्मी स्टिल ईण्डष्ट्रिज, नेशनल रबर ईण्डष्ट्रिज, ज्याकोर ईण्डष्ट्रिज, सन फिटिङ प्रालि, आकृति स्टिल ईण्डष्ट्रिज लगायत उद्योग चलाएका छन । जहा ३ हजार बढी स्थानिय मजदुरले रोजगार पाएका छन । एकिकृत रुपमा उद्योग र ब्यवसायको ब्यवस्थापन आवास ग्रुपका प्रबन्ध निर्देशक महेश थैवले हेर्छन । थैव परिवारका साइला दाजु राजेश थैव अहिले पनि आफनो शुरुको कपडा ब्यवसायमा छन । करोडौ लगानी भएको उद्योगमा परिवारको तेस्रो पुस्ता समेत लागेका छन ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend