logo
  • शुक्रबार, असोज ३० २०८३

श्रीमती हत्याको आरोपमा एक जना पक्राउ


  • शुक्रबार, साउन ३२ २०८१

दाङ । श्रीमतीको हत्या गरेको गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा लमही नगरपालिका–९ स्याले निवासी ४९ वर्षीय  श्यामकुमार कुमाल रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमिल्सिनाले जानकारी दिए ।उनका अनुसार कुमालविरुद्ध ४२ वर्षीया श्रीमती ईश्वरीको हत्या गरेको आरोप छ । ईश्वरीलाई बुधबार विहान ७ बजेतिर घरदेखि एक किलोमिटर दक्षिणतर्फ रहेको हात्तिखालबाट स्याले जाने भित्री कच्चीबाटोमा मृत अवस्थामा फेलापारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनालगत्तै फरार रहेका कुमालले प्रहरीले आज पक्राउ गरेको हो ।

प्रहरीले प्रारम्भिक अनुसन्धानमा उनले हत्या आफूले गरेको स्वीकार गरेको जनाएको छ । दुवै जनाले मादक पदार्थ सेवन गरी फर्कने क्रममा सामान्य वादविवाद हुँदा श्रीमान्ले काठको लाठीले टाउको, अनुहार, खुट्टा र शरीरको पछाडि ढाडको भागमा प्रहार गरी हत्या गरेको बयान दिएको प्रहरी नायव उपरीक्षक तिमिल्सिनाले बताए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend