logo
  • शुक्रबार, असोज ३० २०८३

सरकारी चिकित्सकहरुलाई निजी क्लिनिकमा काम नगर्न निर्देशन


  • मंगलबार, साउन २९ २०८१

बुटवल — लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले सरकारी चिकित्सक र कर्मचारीहरुलाई निजी क्लिनिकमा काम नगर्न निर्देशन दिएको छ ।

साउन २८ गतेको मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्दै सरकारी नियुक्ति लिएका चिकित्सक, कर्मचारीले आफ्नो नाम, पद तथा एनओसी नम्बर निजी क्लिनिकमा प्रयोग गर्न नपाउने नियम बनाएको हो ।
प्रदेशका स्वाथ्य सचिव डा। वासुदेव उपाध्यायले प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गतका अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीले आफू कार्यरत सरकारी अस्पतालको नाम र पद प्रयोग गरी निजी स्वास्थ्य संस्थाको ओपीडी टिकट, साइन बोर्ड, आमसञ्चार माध्यम तथा सामाजिक सञ्जाल मार्फत प्रचार प्रसार गर्ने गरेको पाइएको बताए ।

उनले अबदेखि त्यस्तो कार्य नगर्न नगराउन अनुरोध गरिएको जनाए । उनले त्यस्ता कार्य गरेको भए हटाउने व्यवस्था मिलाउन आफू मातहतका सम्पूर्ण कर्मचारीलाई जानकारी गराई कडाइका साथ यो निर्णय पालना गराउनको लागि प्रदेशका अस्पताललाई पत्र पठाइएको जानकारी दिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend