logo
  • शुक्रबार, असोज ३० २०८३

एसईई नतीजाः सबैभन्दा बढी ‘ननग्रेड’ लुम्बिनी प्रदेशमा


  • बिहिबार, असार १४ २०८१

 

बुटवल , १३ असार। एसईईको नतीजामा सबैभन्दा बढी लुम्बिनी प्रदेशका विद्यार्थीले “ननग्रेड” ल्याएका छन् । लुम्बिनीका ८० हजार ३ सय २७ जना विद्यार्थीमध्ये ४९ हजार २ सय २४ जना ननग्रेडमा परेका हुन्।

प्रदेश १ मा ३९ हजार ८ सय ९५ जना, मधेश प्रदेशमा ४२ हजार २ सय ८६ जना, बागमती प्रदेशमा ३३ हजार ८ सय ४३ जना, गण्डकी प्रदेशमा २० हजार २ सय ७५ कर्णाली प्रदेशमा २० हजार ३ सय ८० र सुदूरपश्चिम प्रदेशमा ३६ हजार ४ सय १० जना ननग्रेडमा छन्।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले बिहीबार माध्यमिक शिक्षा परीक्षा ९एसईई०को नतिजा सार्वजनिक गरेको छ। परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये ४७।८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन्।बोर्डका अनुसार, १८६ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन्। बिहीबार एसईई नतिजा सार्वजनिक गर्दै बोर्डका अध्यक्ष महाश्रम शर्माले सबैभन्दा बढी ७८ हजार ८७४ जनाले २।८० देखि ३।२० सम्मको ग्रेड प्राप्त गरेको जानकारी गराए।परीक्षामा सहभागी भएकामध्ये ५२।१४ प्रतिशत परीक्षार्थी ननग्रेड ९एनजी० अर्थात् फेल भएका छन्।

ननग्रेड ल्याउनेको संख्या २ लाख ४२ हजार ३१३ रहेको छ।ननग्रेड ल्याउनेमध्ये २ विषयसम्म अनुत्तीर्ण हुनेमा १ लाख १५ हजार ८३४ छन् भने त्यसमा ६७ हजार ८९६ जना एक विषयमा अनुत्तीर्ण छन्।३।६० देखि ४ जीपीए ल्याउनेको संख्या ३१ हजार २०९ रहेको शर्माले जानकारी गराए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend