logo
  • शुक्रबार, असोज ३० २०८३

स्कलर्स होम ईगलिस बोर्डिङ स्कुलमा  शिक्षकहरूलाई तालिम 


  • मंगलबार, असार ५ २०८१

बुटवल , असार ३
बुटवलमा निजी लगानीबाट गुणस्तरीय शैक्षिक सेवा दिँदै आएको स्कलर्स होम ईगलिस बोर्डिङ स्कुलले आफ्नो  शिक्षकहरूको लागि क्षमता अभिवृद्धि कार्यक्रम  सम्पन्न गरेको छ ।
सोमवार बुटवलमा  भएको उक्त कार्यक्रममा  रमेश अर्याल , दीपक ढकाल   विजय पाण्डेले  शिक्षकहरूलाई प्रभावकारी सञ्चार, मेरो  विश्वास र  मेरो  जागिर विषयमा  प्रशिक्षण दिएका छन् ।  उक्त विद्यालयमा   कार्यरत  ५ दर्जन शिक्षक तथा शिक्षिकाहरूको  सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै विद्यालयका  प्रचारे बाबुराम   बन्जाडेले  विद्यालयको  आफ्नो   विशेषता रहेकोले  उक्त  गरिमालाई थप उच्च पुराउने  काममा शिक्षक शिक्षिकाहरूले पनि महत्पूर्ण ध्यान दिनु पर्ने बताए । उनले शिक्षक तथा शिक्षिकाहरू  पेसा
प्रति थप  बफादार बन्नुपर्ने बताए। विद्यालयका सहायक  प्रमुख  टिका राम गौतमको सञ्चालन , लोक प्रसाद भण्डारीको  स्वागतमा भएको कार्यक्रममा  भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend