बुटवल ,जेठ २६ बुटवल उपमहानगरपालिका वार्ड ९मा बजेट तर्जुमा सम्बन्धी वार्ड भेला सम्पन्न भएको छ ।
उक्त वार्डमा रहेको राजनीतिक दलका प्रतिनिधि , टोल संस्था अध्यक्ष तथा प्रतिनिधि लगायत सरोकारवालसँग बुटवलको इटाभटीमा भएको भेलामा वार्डको विकास सबै मिलेर लागु पर्नेमा जोड दिएका थिए।
वार्ड अध्यक्ष प्रदीप कुमार श्रेष्ठको अध्यक्षता भएको बजेट तर्जुमा भेलामा वार्ड सदस्य इन्दिरा ज्ञवाली, माया परियार, सूर्य बहादुर कार्की, विबेश पूरी वार्ड अन्तर्गत १३ वटा टोल संस्थाका अध्यक्ष तथा प्रतिनिधिले आफ्नो टोलको योजनाहरूको माग गरेका थिए ।
सामुदायिक विकास तथा वातावरण संस्थाका अध्यक्ष राजु पौडेल , वडा नं ९ की स्वयंसेविका संयोजक सुशीला नेपाल नेपाली काँग्रेसका वडा सचिव मोहन न्यौपाने , नेकपा एमालेका वाड कमिटी अध्यक्ष शेषकान्त बेल्बासे , राष्ट्रिय जनमुक्ति पार्टीका वाड कमिटी अध्यक्ष यम थापा, पूर्व वडा अध्यक्ष विष्णु बहादुर थापा, लगायत बोलेका थिए ।वडा सचिव रोमकान्त आचार्य सञ्चालनमा भएको कार्यक्रमका वार्ड अध्यक्ष प्रदीप कुमार श्रेष्ठले टोल र दलगत रूपमा आएका विकास योजनाहरू आफू सक्दो रूपमा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend