बुटवल, ज्येष्ठ २५
बुटवल उपमहानगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक ,शिक्षक तथा कर्मचारीहरूको शैक्षिक अवलोकन भ्रमण सम्पन्न भएको छ ।
बुटवल उपमहानगरपालिकाले बुटवल शैक्षिक क्षेत्रमा हबको रूपमा स्थापित भएकोमा त्यसलाई निरन्तरता दिन र शिक्षामा थप सुधार गर्न शैक्षिक अवलोकन भ्रमण कार्यक्रम आयोजना गरेको हो।
ज्येष्ठ २१ गतेबाट सुरु भएको अवलोकन भ्रमण पहिलो दिन गुल्मी जिल्लाको सङ्घीय नमुना महेन्द्र आदर्श मावि वामीमा भएका असल अभ्यासहरू आदानप्रदान गर्ने क्रममा बुटवल उपमहानगरपालिकाद्वारा भ्रमण नेतृत्व गर्नुभएका ज्ञानोदय मा।वि। बुटवलका प्रधानाध्यापक टिकराम शर्मा पौडेलको नेतृत्वको प्रतिनिधिले विद्यालयमा व्यापक अन्तरक्रिया गरेको थियो ।
उक्त अन्तरक्रियामा महेन्द्र आदर्श मा।वि।का प्र अ देवीराम शर्माले समग्र विद्यालयले हालसम्म भौतिक,आर्थिक, व्यवस्थापकीय र शैक्षिक सुधारमा गरेको असल अभ्यासहरू प्रस्तुत गर्नुभएको थियो।
उक्त अवसरमा आयोजित अन्तरक्रियामा भ्रमण कार्यदलका संयोजक ज्ञानोदय मा।वि।का प्रधानाध्यापक टिकराम शर्मा पौडेलको अध्यक्षतामा नवीन औद्योगिक कदर बहादुर रिता मा।वि।का प्रधानाध्यापक प्रेम बहादुर बस्नेतको सञ्चालनमा सम्पन्न कार्यक्रममा महेन्द्र नमुना मा।वि। का पूर्व सहायक प्रधानाध्यापक एवं न्यु होराईजन मा।वि। बुटवलका उप प्राचार्य वासुदेव अर्यालले धारणा राख्नु भएको थियो।


ज्येष्ठ २२ गते दोस्रो दिन देवी बक्स गुल्मबाट ढोरपाटनमा ढोरपाटन राष्ट्रिय निकुञ्जको समग्र अवस्थाको बारेमा बागलुङ, पूर्वी रुकुम र म्याग्दी जिल्लामा ओगटेको क्षेत्र लगायतको सम्बन्धमा देवी बक्स गुल्म ढोरपाटनका गुल्म पति सेनानी विनोद विक्रम बस्नेत, उपसेनानी नरेन्द्र मल्ल र अम निर्मल खनालले विस्तृत विवरण प्रस्तुत गर्ने व्यवस्था गरेका थिए ।
उक्त कार्यक्रमको संयोजन जनता मा।वि।की प्रधानाध्यापक आशा बस्नेत थापाले गर्नु भएको थियो । प्रवर्द्धनात्मक प्रस्तुतीकरण गरेकोमा भ्रमण दलका संयोजक ज्ञानोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक टिकराम शर्मा पौडेलले विशेष आभार व्यक्त गर्नु भएको थियो ।
तेस्रो दिन लुम्बिनी प्रदेशको पुरानो विद्यालय २००४ सालमा स्थापना भएको रुक्मिणी माध्यमिक विद्यालय पूर्वी रुकुमको अवलोकन गरेको थियो । प्रधानाध्यापक चन्द्र बहादुर मल्लले असल अभ्यास सेयरिङ गर्दै नर्सरी देखि कक्षा १२ सम्म अध्यापन हुने विद्यालयमा विज्ञान, वाली विज्ञान, व्यवस्थापन र शिक्षा समूह अध्यापन हुने, विद्यालय सङ्घीय नमुना विद्यालयको आर्थिक सहयोगले विद्यालय व्यवस्थित रूपमा सञ्चालन भएको छ

उक्त विद्यालयमा अनुशासन कायम गर्न प्रत्येक दिन बिहान र बेलुकी दुई पटक प्रार्थना गर्ने बिहानमा साङ्गीतिक पिटी दैनिक गर्ने, प्रत्येक शुक्रवार अतिरिक्त क्रियाकलाप सञ्चालन गरेर उही दिन विद्यार्थीहरूलाई उत्प्रेरणा दिन पुरस्कारको व्यवस्था र शिक्षक बिदामा बसेको समयमा कक्षा खाली हुन नदिनको लागि दैनिक एक पिरियड शिक्षकलाई खटाउने र पारिश्रमिक दिने व्यवस्था गरेको छ । उक्त कार्यक्रम बुटवल उपमहानगरपालिका भ्रमण कार्यदलका संयोजक तथा ज्ञानोदय माविका प्रधानाध्यापक टिकराम शर्मा पौडेलको अध्यक्षतामा नवीन औद्योगिक कदर बहादुर रिता मा।वि।का प्रधानाध्यापक प्रेम बहादुर बस्नेतको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाल शिक्षक महासङ्घ पूर्वी रुकुमका अध्यक्ष मान बहादुर बस्नेत, नेपाल शिक्षक महासङ्घ बुटवलका अध्यक्ष उपेन्द्र ज्ञवाली, रुक्मिणी मा।वि। का शिक्षक घनश्याम दाहाल लगायतले सहजीकरण गर्नु भएको थियो ।
बुटवल उपमहानगरपालिकाले भ्रमणलाई व्यवस्थित र प्रभावकारी गराउनका लागि ज्ञानोदय मा।वि।का प्रधानाध्यापक टिकराम शर्मा पौडेलको संयोजकत्वमा मोतीपुर मा।वि।का प्रधानाध्यापक लक्ष्मण मरासिनी, सिद्धेश्वर लालकुमारी मा।वि।का प्रधानाध्यापक दिनानाथ गिरी, तिलोत्तमा मा।वि।का प्रधानाध्यापक ईश्वरी प्रसाद रेग्मी र प्रगति मा।वि। का प्रधानाध्यापक शिव कुमारी अर्याल रहेको पाँच सदस्य कार्यदल गठन गरेको थियो ।
। नेपाल राष्ट्रिय शिक्षक सङ्गठन रुपन्देहीका अध्यक्ष धनेश्वर गौतम, कान्ति माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञवाली, नयाँ गाउँ माध्यमिक विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम भट्टराई, नवरत्न मा।वि। सहायक प्रधानाध्यापक पुष्कर भट्टराई, साधना महिला विद्यालयका प्रधानाध्यापक विष्णु घिमिरे गौतम लगायतले भ्रमणका क्रममा सरोकारवालसँग विभिन्न जिज्ञासा राखेका थिए ।
बुटवल उपमहानगरपालिकाले यस पटकदेखि संस्थागत विद्यालयका सञ्चालक तथा प्राचार्यहरूलाई पनि भ्रमणमा सहभागी गराएर नयाँ अभ्यासको सुरुवात गरेको छ । यसै क्रममा प्याव्सन बुटवलका अध्यक्ष एवं अन्नपूर्ण मा।वि।का प्राचार्य मित्र हरि आचार्यको नेतृत्वको टोली पनि सोही दिन बागलुङ, म्याग्दी, जोमसोम लगायतको क्षेत्रको जनहित नमुना मा।वि। जोमसोम, धौलागिरि बोर्डिङ स्कुल, जनवाल नमुना मा।वि। मार्फा र गलकोट मा।वि। गलकोट हटियाको शैक्षिक अवलोकन भ्रमण गरेको छ । सामुदायिक विद्यालयहरूको तर्फबाट सामुदायिक विद्यालयका प्रधानाध्यापक,सहायक प्रधानाध्यापक, शिक्षकको पेसागत सङ्गठनका अध्यक्ष, विद्यालय कर्मचारी, बाल विकास गरी ३८ जनाको टोली रहेको थियो भने निजी विद्यालयको तर्फबाट भ्रमण दलमा ३२ जनाको सहभागिता रहेको थियो । बुटवल नगरपालिको आर्थिक सहयोगमा भ्रमण भएको थियो ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend