बुटवल ,जेठ २४ । पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसनल बुटवलले आयल निगमको लुम्बिनी प्रादेशिक कार्यालय भलवारीको प्रमुख इन्जीनयिर शैलेन्द्र भुसालको स्वागत गरेको छ ।
एशोसिशनले बुधवार एक समारोहका विच नव आगन्तुक कार्यालय प्रमुख भुसाललाई स्वागत गरेको छ भने सरुवा भएकी प्रमुख कमला न्यौपानेको बिदाइ गरेको हो।
उक्त स्वागत तथा बिदाइ समारोहमा बोल्दै नेपाल पेट्रोलियम डिलर एसोशियन लुम्बिनी प्रदेश संयोजक प्रेम न्यौपानेले आयल निगममा धेरै सुधार भएको बताउँदै व्यवसायीको चाहना अनुसार फलो मिटर राख्ने कार्यलाई पूर्णता दिनुपर्ने माग गरे ।
उनले नव आगन्तुक प्रमुख भुसालले ब्यावसायीका मर्कालाई बुझेर काम गर्ने विश्वास व्यक्त गरे । कार्यालय प्रमुख भुसालले आफू यस अघि पनि भलवारी डिपो बसेकोले यहाँ समस्याको विषयमा धेरै जानकार रहेको बताउँदै व्यवसायीका समस्यालाई समाधान गर्नको लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।हालै सरुवा भएर केन्द्रीय कार्यालय जाँदै गरेकी कमला न्यौपानेले आयल निगम र पोट्रोलिय डसिलर् विच नङ र मासुको जस्तै सम्बन्ध रहेकोले कार्यालय र व्यवसायी विच थप सम्बन्ध सुमधुर बन्नुपर्नेमा जोड दिइन् । बताउँदै डिलर एसोशिसनका अध्यक्ष हिमाल गैरको अध्यक्षताको भएको कार्यक्रमका प्रेस सल्लाहकार खिमानन्द भट्टराई ,महासचिव हेरराम कसौधन लगायत बोल्दै व्यवसायी समस्या समाधान गर्नको लागि थप सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend