बुटवल । जेठ १९
विद्युतीय सवारीको प्रयोग बढेसँगै बुटवलको एक बहुउदेस्य सहकारीले विद्युतीय सवारी चार्जिङ स्टेसन निर्माण गरिरहेको छ ।
बुटवल उपमहानगरपालिका९८ सुख्खा नगरमा रहेको इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्थाले चार्जिङ स्टेसन सञ्चालनमा ल्याउने भएको हो ।कार्यालय रहेको सहकारीले आफ्नै भवन परिसरमा अत्याधुनिक मेशिन जडित ‘फास्ट चार्ज’सहितको स्टेसन सञ्चालनमा ल्याउन लागेको सहकारीका अध्यक्ष कृष्णप्रसाद अर्यालले बताए ।
पूर्व–पश्चिम राजमार्गदेखि ३० मिटर दुरीमा स्थापना गर्न लागिएको चार्जिङ स्टेसनबाट दैनिक ९० बढी सवारीका साधनलाई सेवा उपलब्ध गराउन सकिने बताइएको छ । नेपाल विद्युत् प्राधिकरणको प्राविधिक सहयोगमा सञ्चालन गरिने यो स्टेसनमा मानवरहित सेवा उपलब्ध गराइने छ भने सेवाग्राहीले अनलाइन भुक्तानी गर्न सक्ने छन् ।
‘आधुनिक सफ्टवेयर मार्फत सञ्चालन भई अनलाइन माध्यमबाट रकम भुक्तानीको सुविधा सहित ६० किलोवाट क्षमताको सीसीएस९२ डबल गनको एउटा मेशिन तथा ६० किलोवाटकै जीबीटी डबल गन सहितका २ वटा मेशिन जडान हुँदै छन् । जहाँ एकसाथ ६ वटा सवारीले सेवा लिन मिल्ने गरी आधा घण्टादेखि १ घण्टाभित्रमा फूल चार्ज हुने छन् । स्टेसनमा सेवा लिनका लागि बुटवल–गुल्मी सञ्चालन हुँदै आएका १३ वटा सवारीका लागि सम्झौता भइसकेका छन् भने बुटवलका अन्य सवारीधनीहरुसँग पनि सम्झौताका लागि प्रक्रिया अघि बढेको सहकारीका उपाध्यक्ष माया गौतमले जानकारी दिइन् । स्टेसन सञ्चालनका लागि विद्युत् प्राधिकरणले २ सय केभीको छुट्टै ट्रान्सफर्मर जडान गरेर सहयोग गरेको बताउँदै उनले मापदण्डअनुसार स्नान कक्ष, शौचालय, आराम कक्ष तथा चमेना गृहलगायतका संरचनाहरि निर्माण गर्न करिब १ करोड लगानी गरिएको उल्लेख गरिएको छ । बुटवल बसपार्क पनि नेपाल विद्युत् प्राधिकारले चाजिङ स्टेसन निर्माण गरेको छ । भने निजी क्षेत्रको चाजिङ स्टेसन यस क्षेत्रमा पहिलो हो । २०४८ सदस्य आबद्ध रहेका संस्थाको साढे ३ कट्ठा जग्गासहित सुविधा सम्पन्न आफ्नै भवनमा कार्यालय सञ्चालनमा रहेको छ ।


© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend