logo
  • शुक्रबार, असोज ३० २०८३

विद्यालय विकास योजना निर्माण तथा विद्यालय भौतिक सर्वेक्षण सम्बन्धी कार्यशाला सुरु 


  • सोमबार, बैशाख ३१ २०८१

बुटवल ,वैशाख ३१
विज्ञान विषय प्रवर्द्धनका लागि विद्यालय विकास योजना निर्माण तथा विद्यालय भौतिक सर्वेक्षण र नक्शाङ्कन सम्बन्धी सहजीकरण कार्यशाला सोमबार शुभारम्भ भएको छ ।
नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रको  आयोजनामा कास्की जिल्लाको अमरशिह मा।वि पोखरामा सञ्चालित कार्यशालामा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका १८ वटा जिल्लाका २५ वटा विद्यालयका प्रधानाध्यापकहरूको सहभागिता रहेको कार्यशालामा नेपाल अधिराज्यभरमा कक्षा ११ र १२ विज्ञान विषय अध्यापन हुने सङ्घीय नमुना परेका  विज्ञान समूह कक्षा ११ र १२ अध्यापन हुने , सङ्घीय नमुना भएर विज्ञान नचलेका र सङ्घीय नमुना नभएर विज्ञान समूह सञ्चालन गरेकालाई सहभागिता गराइएको छ ।
जसमा प्रत्येक प्रदेशबाट सङ्घीय नमुनामा परेका उत्कृष्ट विद्यालय लुम्बिनी प्रदेशबाट कालिका मानव ज्ञान मा।वि र गण्डकी प्रदेशबाट अमर शाह मावि रहेका छन् ।दुई  दिनसम्म सञ्चालन हुने कार्यशालामा विद्यालय विकास योजना जसमा भौतिक, रसायन र जीव विज्ञानलाई सबलीकरण गर्ने उद्देश्यले आयोजना गरिएको हो।


यस किसिमका कार्यक्रम लुम्बिनी प्रदेशको नेपालगन्ज, विराटनगर, पोखरा र हेटौडामा पायक पर्ने विद्यालयहरूलाई सहभागिता गराइने कार्यक्रम अन्तर्गत कार्यक्रम सञ्चालन गरिएको हो।
अमरसिंह मावि व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद कोइरालाको अध्यक्षतामा, नेपाल सरकारका पूर्व सचिव जनार्दन नेपालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा मानव स्रोत केन्द्रका निर्देशक गणेश पौडेल,  विज्ञ डा। प्रमोद भट्ट, शिक्षा विकास तथा समन्वय इकाई कास्कीका इकाई प्रमुख लोकनाथ आचार्य, अमरशिह मा।वि शिक्षक अभिभावक सङ्घका अध्यक्ष सोमनाथ पौडेल, शिक्षा तथा मानव श्रोत केन्द्रका शाखा अधिकृत विष्णु अधिकारी, अमर शाह मा।वि का प्रधानाध्यापक शेरबहादुर थापाले मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन मानव स्रोत विकास केन्द्रका शाखा अधिकृत पदमा सापकोटाको सञ्चालनमा सम्पन्न कार्यक्रममा सबै सहभागी विद्यालयका प्रधानाध्यापकहरूले आआफ्नो विद्यालयको विद्यार्थी सङ्ख्या, सवल पक्ष , असल अभ्यास र विद्यालयका चुनौतीहरूका बारेमा शेयरिङ गरेको नवीन औद्योगिक कदरबहादुर रिता मा।वि का प्रधानाध्यापक  प्रेमबहादुर बस्नेतले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend