logo
  • शुक्रबार, असोज ३० २०८३

बुटवलको चौराहा चिडीयाखोला सडकको ठेक्का खारेज


  • आइतबार, बैशाख २३ २०८१

बुटवल । बुटवल राजमार्गअन्तगर्त चौराहादेखि चिडीयाखोलासम्मको सडकको ठेक्का सम्झौता खारेज भएको छ । पटकपटक म्याद थप्ने तर काम नगर्ने भएपछि   सडक सडक डिभिजन कार्यालयले ठेक्का खारेज गरेको हो ।कञ्चनजङ्घा बिरुवा जे.भीका ठेकेदारसँग  लिखित सम्झौता गर्दा पनि कार्य सम्पन्न नगरेको भन्दै सडक डिभिजन कार्यालय बुटवलले ठेक्का सम्झौता अन्त्य गरेको जनाएको छ ।२०७३ साल चैत्रमा ठेक्का सम्झौता भए पनि हालसम्म सडक निर्माणको काम सम्पन्न भएको छैन ।  स्थानीयको अवरोध र साइड खाली हुन नसकेको बहानामा काम नगर्ने भएपछि सम्झौता अन्त्य गर्नु परेको सडक डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर महेश्वर दाहालले बताए । उक्त ३ किलोमिटर सडक कञ्चनजंगा बिरुवा जेभीले ४० करोड बढीमा ठेक्का लिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend