logo
  • शुक्रबार, असोज ३० २०८३

स्कलर्समा कक्षा १२ का विद्यार्थीलाई बिदाई


  • बिहिबार, चैत्र २९ २०८०

रुपन्देहीमा नीजि लगानीबाट गुणस्तरीय शैक्षिक सेवा दिदै आएको स्कलर्स होम ईगलिस बोर्डिङ स्कुल तथा एम्स कलेजमा कक्षा १२ का विद्यार्थीहरुलाई विदाई तथा शुभकामना कार्यक्रम गरिएको छ । विद्यालयको कक्षा ११ का विद्यार्थीहरुको सयोजनमा भएको कार्यक्रमको राष्ट्रिय परिक्षा बोर्ड प्रदेश ब्यवस्था कार्यालय लुम्बिनीका प्रमुख प्रशासकीय अधिकृत बाबुराम भण्डारीले उद्घाटन गर्दै रुपन्देहीको शिक्षा देशमै उत्कृष्ट रहेको बताए । ब्याचलरको शिक्षामा विद्यार्थीहरु विशेष योजना बनाएर लाग्नुपर्ने भन्दै उनले ब्यक्तित्व विकास, संस्कार, संस्कृतिमा समेत सिकाई उपलब्धि हुने गरि कलेजको छनौट गर्न सुझाव दिए ।
कार्यक्रममा विद्यालयका प्राचार्य बाबुराम बन्जाडेले वर्तमान ग्लोबल भिलेजलाई उपयोगी ब्यवहारिक शिक्षा दिन विद्यालय सफल भएको बताए । हाल ब्यवस्थापन र विज्ञान दुई विषयमा अध्यापन गराउदै आएको विद्यालयबाट उत्कृष्ट नतिजाहरु ल्याउन सफल भएको उनले दाबी गरे ।
कार्यक्रममा अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले विद्यार्थीहरुमा बिदाई कार्यक्रम एउटा संस्कारका रुपमा विकास भएको भन्दै तडकभडक बिना सरल रुपमा गर्न सुझाव दिए ।
कार्यक्रममा विद्यालयका प्रशासन प्रमुख लोकराज भण्डारी, लेखापाल नवराज बन्जाडे, एम्स कलेजका क्याम्पस प्रमुख दीपक ढकाल, उपप्राचार्य टिकाराम गौतम, विद्यार्थीहरु सन्जिप नेपाली, दृष्टिना राना, सुसान्त गैरे, प्रभा ज्ञवालीले विद्यालयमा हुने हरेक कार्यक्रमहरु विद्यार्थीहरुमा भाईचारा विकास हुने भन्दै यस्ता कार्यक्रमलाई जोड दिनुपर्ने बताए । विद्यार्थीहरुले कविता, नृत्य, गायन प्रस्तुति दिएका थिए

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend