logo
  • शुक्रबार, असोज ३० २०८३

रमेश खरेलले औपचारिक रुपमा छाडे रास्वपा


  • बुधबार, चैत्र १४ २०८०

काठमाडौँ । पूर्वडीआईजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीनामा दिएका छन् । पार्टी सभापति रवि लामिछानेविरुद्ध अभिव्यक्ति दिएको विषयमा रास्वपाको अनुशासन आयोगले लिखित जवाफ मागेपछि खरेलले जवाफको सट्टा राजीनामा पठाएका हुन् ।
एक टेलिभिजनमा ‘जनता जनार्दन’ नामक कार्यक्रममा खरेलले सहकारी ठगीमा मुछिएका लामिछाने गृहमन्त्री बनेको भन्दै कडा आलोचना गरेका थिए ।  खरेल रास्वपाको कुनै जिम्मेवारी पदमा नभए पनि बारामा गत वर्ष भएको उपनिर्वाचनमा पराजित भएपछि निष्क्रिय भएका थिए । केन्द्रीय सदस्य प्रस्ताव अस्वीकार गरे उनी पछिल्लो समय रास्वपाको सम्पर्कमा थिएनन् रास्वपा सरकारमा सहभागी भएको, लामिछाने गृहमन्त्री बनेको र पार्टीमा आन्तरिक लोकतन्त्र नदिएको विषयमा खरेलको विमति थियो । पार्टीले प्रस्टीकरण सोधेपछि आफूले राजीनामा दिएको उनले बताए

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend