logo
  • शुक्रबार, असोज ३० २०८३

बुटवलमा प्रथम थारु खिचडी महोत्सव एवं सांस्कृतिक कार्यक्रम


  • आइतबार, पुष २९ २०८०

बुटवल , पुस २८
 थारु समुदायहरूको  नयाँ  वर्ष २६४७ को अवसरमा बुटवलमा  पहिलो पटक  खिचडी  महोत्सव  तथा सांस्कृतिक  कार्यक्रम सम्पन्न भएको छ । थारु समाज बुटवलको  आयोजनामा शनिवार  बुटवलको देवी नगरमा भएको कार्यक्रम भव्य रूपमा गरिएको थारु समाजले जनाएको छ सो अवसरमा प्रमुख अतिथि बुटवल उपमहानगरपालिका मेयर खेलराज पाण्डेय,विशिष्ट अतिथि थारु कल्याणकारी सभा
रुपन्देहीका अध्यक्ष कमल नारायण थारु,पूर्व लुम्बिनी प्रदेश सदस्य पुष्पा थारु, आदिवासी  जनजाति महासङ्घ,रुपन्देहीका उपाध्यक्ष इन्द्र राई, थारु जनकवि बम बहादुर थारु,बुटवल ११ का वार्ड रामचन्द्र क्षेत्री लगायत बोल्दै थारु समुदायको आफै कला  संस्कृति रहन सहन भएकोले संरक्षण  गर्नको लागि सबै एक जुट हुनु पर्ने बताएका थिए ।
उनीहरूले थारु समुदायका हक हितको लागि पनि  थप एकजुट हुन आवश्यक रहेको बताएका थिए ।  थारु समुदायले नयाँ वर्ष २६४७ एवं प्रथम माघी(खिचडी) महोत्सव गरेका हुन् । थारु समाज बुटवलका अध्यक्ष ओम प्रकाश चौधरीले  थारुको नयाँ शालको रूपमा माघीलाई लिने परम्परा भएको आफुरुहरुको नयाँ  वर्ष सुरु भएको बताए । उनले आफूहरूको मौलिकपन र  छरिएर रहेका  थारु समुदायहरू एक जुट कुने बेला आएको बताए । सो अवसर विभिन्न  राष्ट्रिय स्तरका कलाकारहरू आ आफ्नो प्रस्तुति  देखाएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend