logo
  • शुक्रबार, असोज ३० २०८३

बुटवलमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी तीव्र


  • बिहिबार, पुष २६ २०८०

बुटवल पौष २६,
बुटवल नगर खेलकुद विकास समितिले पाँचौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०८० को व्यापक तयारी गरेको छ ।
माघ ४,५ र ६ गते एन्फा टेक्निकल सेन्टर देवी नगरमा सञ्चालन हुने राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितालाई भव्य एवं व्यवस्थित रूपमा सम्पन्न गर्नको लागि  तयारी तीव्र पारिएको छ ।
सोही अवसरमा बुटवलमा आज बुटवल नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाको अध्यक्षतामा  कार्यक्रम गरिएको छ ।
बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्यालको प्रमुख आतिथ्यमा  भएको उक्त कार्यक्रममा
प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालको विशिष्ट आतिथ्यमा ,इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक विजय राज पण्डित, बुटवल उपमहानगरपालिका वडा नं। ५ का अध्यक्ष एवं पूर्व खेलाडी हरि प्रसाद श्रेष्ठ, बुटवल नगर खेलकुद विकास समितिकी सदस्य कोपिला ज्ञवाली लगायतले धारणा राख्नु भएको कार्यक्रममा स्वागत मन्तव्य बुटवल नगर खेलकुद विकास समितिका सदस्य एवं राष्ट्रपति रनिङ्ग शिल्डका सहसंयोजक लाल हरि पाण्डेयले गरेका थिए कार्यक्रम सञ्चालन राष्ट्रपति रनिङ्ग शिल्ड २०८० का सचिव प्रेम बहादुर बस्नेतले गरेका थिए ।
दश वटा उपसमिति र पाँच वटा खेल विद्या संयोजक तोकेको बुटवल नगर खेलकुद विकास समितिको संयोजक बोनिन पियाले बताए ।


जस अनुसार म्याच कमिश्नर पूर्व खेलाडी वडा नं। ५ का वडा अध्यक्ष हरि प्रसाद श्रेष्ठ, पाँचौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका सहसंयोजक तथा मूल्याङ्कन तथा जुरी व्यवस्थापन उपसमितिको संयोजकमा लालहरि पाण्डेय पाँचौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका सचिव तथा सचिवालय तथा पुरस्कार व्यवस्थापन उपसमितिका संयोजक प्रेम बहादुर बस्नेत, बुटवल नगर खेलकुद विकास समितिको सचिव तथा अतिथि सत्कार उपसमितिको संयोजक कोपिला ज्ञवाली, मार्च पास तथा अनुशासन प्राविधिक व्यवस्थापन उप समिति संयोजक हरिश वली, स्वयम् सेवक तथा ट्राफिक व्यवस्थापन उपसमितिको संयोजकमा राजु गुरुङ, मञ्च व्यवस्थापन उपसमितिको संयोजकमा मनमोहन गुभाजु खाजा तथा खाना व्यवस्थापन उपसमितिको संयोजकमा घनश्याम श्रेष्ठ उदय, फिल्ड व्यवस्थापन उपसमितिको संयोजकमा याम गुरुङ, प्राथमिक स्वास्थ्य उपचार तथा एम्बुलेन्स व्यवस्थापन उपसमितिको संयोजकमा हेमराज आचार्य र प्रचारप्रसार उपसमितिको संयोजक सी।पी।खनाल रहेका छन् ।
खेल विद्या अन्तरगत एथलेटिक्सको संयोजकमा मोहन घले भलिबलमा अर्जुन घिमिरे, तेक्वान्डोमा राजीव शाह क्षेत्री, कतारेमा उमेश थापा, कबड्डीमा महेन्द्र बहादुर सुनार रहेका छन् ।
राष्ट्रपति रनिङ्ग शिल्डमा छात्र र छात्राको लागि १७ वटा खेल विद्या र ५४ वटा खेलहरू सञ्चालन हुने छन् जसमा एथलेटिक्स तर्फ फिल्ड तर्फ हाई जम्प, लङ्ग जम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो र सटपुट गरी १० वटा खेल र ट्याक तर्फ दौडहरू सय मिटर, दुई सय, चार सय आठ सय एक हजार पाँच सय र तीन हजार गरी छ विद्या र मार्सल आर्ट तर्फ कतारेमा १०खेल २ बटा काता तेक्वान्डोमा १० खेल र २ वटा एकल पुम्से तौल अनुसार हुने छ । भलिबलतर्फ एक समूहमा दस जना खेलाडी सहभागी हुने छन् र कवडीमा पनि दश जनाको प्रतिनिधित्व हुने छ र कवडीमा छात्र ७० केजी मुनि र छात्रा ६५ केजी कम तौल भएकोले मात्र खेलमा प्रतिस्पर्धा गर्न पाउने छ र खेलमा गैर विद्यार्थी र अठार बर्ष नाघेको २०६२ माघ ४ गते भन्दा अगाडी जन्म मिति भएकोले खेलमा सहभागी हुन पाउने छैन र सबै एकल र सामूहिक खेल विद्यामा सहभागी गराएमा एउटा विद्यालयबाट एक सय दुई जना विद्यार्थी सहभागी रहने छ । बुटवलमा तेस्रो राष्ट्रपति रनिङ्ग शिल्डमा ४० र चौथोमा ३८ वटा सामुदायिक र निजी विद्यालयहरूको सहभागिता रहेको थियो खेलमा १०२ वटा स्वर्ण, १०२ वटा रजत र १४६ कांस्य गरी तीन सय पचास विद्यार्थीहरूले मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।
बुटवल नगर खेलकुद विकास समितिले पाँचौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०८० मा खेलाडीहरूलाई उत्प्रेरित र प्रोत्साहित गर्न एकल विद्यामा स्वर्ण पदक विजेता खेलाडीलाई दुई हजार, रजत पदक विजेतालाई एक हजार पाँच सय र कांस्य पदक विजेतालाई एक हजार नगद पुरस्कार फाइनल विजेतालाई खेल पुरस्कार मार्च पास र्‍याली सहित विद्यार्थी र विद्यालयलाई गरी चार लाख चौरासी हजार पुरस्कार दिने भएको छ  रनिङ्ग शिल्डको व्यवस्था र खेल अवधिभर खेलाडी विद्यार्थीहरूको बिमा गरिएको छ । नवीन औद्योगिक कदर बहादुर रीता मा।विले१०२ वटामा सहभागी गराएको छन् भने सबै भन्दा कम समिट बोर्डिङ्ग स्कुलले ३ जनालाई मात्र खेलमा खेलाडी सहभागी गराएको छ । बुटवल उपमहानगरपालिकाका सामुदायिकबाट २१ वटा र निजी विद्यालयबाट २२वटा गरी ४३ वटा विद्यालयहरूको सहभागिता रहने छ  ।
पाँचौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालनको जिम्मेवारी पाएको नवीन औद्योगिक कदर बहादुर रीता मा।वि।ले करिब २०० देखि ५०० कलाकारहरूको सहभागितामा कौडा र झ्याउरे नृत्य नृत्य प्रशिक्षक अर्जुन शाह ठकुरीको नेतृत्वमा कार्यक्रम हुने छ र कालिका मानव ज्ञान मा।वि। पिटी तथा ड्रिल प्रदर्शन गर्ने छ । बुटवल उपमहानगर स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समुद्घाटन बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले माघ ४ गते बिहीबार एन्फा टेक्निकल सेन्टरमा  गर्ने छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend