logo
  • शुक्रबार, असोज ३० २०८३

अर्घाखाँची समाज  जपानको पाँचौँ अधिवेशन टोकियोमा सम्पन्न 


  • बुधबार, पुष १८ २०८०

बुटवल ,
अर्घाखाँची समाज जापानको  टोकियोमा पाँचौँ अधिवेशन  सम्पन्न भएको छ ।
उक्त अधिवेशनले कृष्ण केसीको नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा नारायण भुसाल, सङ्गीता थापा, टोपबहादुर घर्ती मगर, गोविन्द विष्ट र मनीष खनाल रहेका छन् ।
यसैगरी, महासचिवमा अर्जुन आचार्य चयन भएका छन् ।  सचिवमा अभिनाश जिसी, सरोज भुसाल, असिम खनाल रहेका छन् । यस्तै, कोषाध्यक्षमा निरञ्जन खड्का र सहकोषाध्यक्षमा केशव रेश्मी चुनिएका छन्।
महिला संयोजकमा मधु क्षेत्री, विद्यार्थी संयोजकमा नारायण भट्टराई चयन भएका छन् । कार्यसमिति सदस्यहरूमा फनबहादुर पुन, दिलप्रसाद श्रेष्ठ, चेतनारायण थापा, मनोज खनाल, भगीरथ खनाल, मार्सल रायमाझी, दिनेश थापा, राजीव पछाई, चेतन घर्ती मगर, दिली  रेश्मी, मीना थापा, कमला केसी, धर्मराज पौडेल र शङ्कर रायमाझी निर्वाचित भएका छन्। बाँकी तीन सदस्य कार्यसमितिले मनोनीत गर्नेछ। तीन सेसनमा सम्पन्न कार्यक्रमको उद्घाटन सत्र समाजका अध्यक्ष दीपक थापाको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सञ्चालन महासचिव नारायण भुसालले गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend