logo
  • शुक्रबार, असोज ३० २०८३

राजा ज्ञानेन्द्र शाहद्धारा कपिलवस्तुमा पृथ्वी नारायण शाहको सालिकको अनावरण


  • शनिबार, पुष १४ २०८०

बुटवल ,१४ पुस
.पूर्व राजा ज्ञानेन्द्र शाहले कपिलवस्तुको शिवराज नगरपालिका– ३ खैरेन्द्रपुर चौराहामा निर्माण गरिएको पृथ्वी नारायण शाहको जङ्गी सालिकको अनावरण गरेका छन् ।
गत हप्तादेखि रुपन्देही आएर बसेका ज्ञानेन्द्रले  शिवराजन नगरपालिकाकाद्धारा २५ लाखको लागतमा निर्माण गरिएको सालिक रातो ब्यानर उघारेर शिलान्यास गरेका हुन ।
राप्रपाको तर्फबाट मेयरमा निर्वाचित अजय थापाको विशेष पहलमा त्यहाँ पूथ्बी नारायण शाहको सालिक निर्माण भएको हो । पूर्वराज शाहलाई जिल्लाको दोहनी, गैडाहवा, बहादुर गन्ज लगायतका  स्थानमा समेत स्वागत  गरेका थिए  । कार्यक्रममा राजतन्त्रको पक्षमा नाराबाजी समेत गरिएको थियो ।  मेयर थापाले पूर्व राजा वीरेन्द्र शाहको जन्मोत्सवको अवसरमा पूर्व राजा ज्ञानेन्द्र शाहको करकमलबाट सालिक शिलान्यास  हुनु आफैमा ऐतिहासिक क्षण रहेको बताए । उनले बाइसे चौबिसे राज्यलाई एकीकरण गरी नयाँ नेपाल निर्माण गरेको पुथ्बी नारायण शाहलाई यो विशेष अवसरमा सम्मान दिन पाउँदा आफूलाई निकै खुसी लागेको बताए ।
यसअघिखरैन्द्रपुर स्थित बालहंस साङ्गवेद गुरुकुलमा रहेको स्वर्णद्वारा आश्रममा पूजापाठ गरेका हुन । पूजापाठका क्रममा बटुकहरूले स्वस्ति वाचन गरेका थिए । पूर्व राजा शाहले नागरिक अभिनन्द समेत ग्रहण गरेका थिए । पूर्व राजा शाहलाई आयोजकले मायाको चिनो समेत प्रदान गरेका थिए । पूर्व राजा र आफ्ना नाति ह्रदेन्द्रलाई हेर्न खैरेन्द्रपुर चोकमा भीड लागेको थियो । केही समय बसेपछि उनी भैरहवा फर्किएका छन् ।  भैरहवाको  एक होटेलमा  पूर्व रानी सहित परिवार  बसेको छ । पूर्व राजालाई रुपन्देहीको भैरहवामा पनि पुस १९ गते नागरिक अभिनन्दन गर्ने कार्यालय रहेको छ ।  

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend