logo
  • शुक्रबार, असोज ३० २०८३

बाल उपन्यास परेलिमा एण्ड द टमी मोन्स्टरूको बुटवलमा विमोचन


  • बुधबार, पुष ११ २०८०

बुटवल पुस  ११
बाल साहित्यकार अमित विद्यार्थीद्वारा लिखित बाल उपन्यास परेलिमा एण्ड द टमी मोन्स्टरूको बुटवलमा विमोचन गरिएको छ।
बुटवलको परिवेशमा आधारित बाल उपन्यासको हिमालय बुक हाउस मिलन चोकमा मनोचिकित्सक डा मनोज ढुङ्गाना र कवि गिरी श्रीसले संयुक्त रूपमा विमोचन गरेका छन् ।
हिमालय बुक हाउसले प्रकाशन गरेको अङ्ग्रेजी भाषामा लिखित उपन्यासमा फैसल शाक्यले चित्र कोरेका छन्।
बाल मनोविज्ञानमा आधारित यो उपन्यास ७ वर्षमुनिका बालबालिका लक्षित  गरिएको जनाएको छ ।
पुस्तक बालबालिकाले व्यक्त गर्ने डर र त्यसलाई न्यूनीकरण गर्न के कस्ता उपायको खोजी गर्छन् भन्ने
विषयमा केन्द्रित रहेको छ ।
बालबालिकाको डर हटाउनका लागि मनोवैज्ञानिक रूपमा प्रेरित गर्ने मनोचिकित्सक डा. मनोज ढुङ्गानाले बताए। उनले यो पुस्तक बालबालिकाका साथै अभिभावकलाई पनि लाभदायी हुने बताए।
कवि गिरी श्रीसले बुटवलमै सिर्जना गरिएको यो पुस्तक हरेक बालबालिका र अभिभावकका लागि उपयोगी हुने बताए।
प्रकाशक हिमालय बुक हाउसका सञ्चालक माधव गौतमले बुटवलका लेखकले लेखेको किताब बुटवलमै प्रकाशन गरिएको र छपाई समेत बुटवलमै गरेको बताए। उनले बुटवललाई बाल साहित्यमा अगाडि बढाउनका लागि यो पुस्तक महत्त्वपूर्ण साबित हुने बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend