logo
  • शुक्रबार, असोज ३० २०८३

कपिलवस्तुमा गाई काटेको आरोपमा ३ जना पक्राउ



बुटवल ,८ पुस
कपिलवस्तुको  जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर १० भावपुरमा गाई काटेको आरोपमा ३ जना पक्राउ परेको छन् ।
प्रहरीले स्थानीय सुरज विको घरमा गाई काटेर मासुको भाग लगाई रहेको अवस्थामा तिन  जनालाई पक्राउ गरेको जनाएको छ ।
 पक्राउ पर्नेहरूमा सुरज विक, बुद्धुभुमी नगरपालिका वाड नम्बर ८ हरिहरपुरका बर्साती थारु र रुपन्देही कन्चन ५ का श्रीधर टमाटा रहेको इलाका प्रहरी कार्यालयका   पिपराका  प्रहरी निरीक्षक गोपाल रायमाझीले बताए । उनीहरूको साथबाट सय केजी मासु  पनि  नियन्त्रणमा लिएको छ।गाई काटेको सूचना पाएपछि प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर  थप अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक रायमाझीले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend