logo
  • शुक्रबार, असोज ३० २०८३

बुटवल उवा सङ्घमा फुड एण्ड वेभरेज बस्तुगत समितिको अध्यक्षमा बास्तोला


  • शुक्रबार, पुष ६ २०८०

बुटवल,पुस ५ ।
बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीमा फुड एण्ड वेभरेज बस्तुगत समिति गठन गरिएको छ । बस्तुगत भेलाले दीपक बास्तोलाको सभापतित्वमा फुड एण्ड वेभरेज बस्तुगत समिति गठन गरिएको हो ।समितिको उपसभापतिमा मोहनीलाल न्यौपाने, सचिवमा सन्त गौतम, कोषाध्यक्षमा दीपक भुसाल र सदस्यहरूमा पुरुषोत्तम गौतम, नारायणबहादुर जिसी, देवीराम पाण्डेलाई चयन गरिएको छ ।
कार्यक्रममा सङ्घका उद्योग उपाध्यक्ष सुरज भट्टराई, वाणिज्य उपाध्यक्ष विमलराज भट्टराई, महासचिव मुक्तिप्रसाद अधिकारीले भनाई राख्दै व्यवसायीको हकहित र समस्या समाधानमा मिलेर काम गर्नुपर्ने भनाई राखेका थिए ।
कार्यक्रम सङ्घका कार्यसमिति सदस्य फुड एण्ड वेभरेज बस्तुगत समितिका समन्वयकर्ता कृष्ण पाण्डेको अध्यक्षतामा भएको थियो । अध्यक्ष  बास्तोलाले अव समितिलाई  थप सक्रिय बनाउँदै लैजाने बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend