logo
  • शुक्रबार, असोज ३० २०८३

उजिरसिह मा बिमा  नगरस्तरीय  लोक नृत्य प्रतियोगिता 


  • बिहिबार, पुष ५ २०८०

बुटवल, ५ पुस ।
बुटवलको उजिरसिह माविको हीरक जयन्तीको अवसरमा आयोजित नगर स्तरीय अन्तर विद्यालय लोक नृत्य प्रतियोगिताको उपाधि एभरेस्ट बोर्डिङ स्कुलले चुमेको छ । बिहीबार भएको प्रतियोगितामा किसान दाता नृत्य प्रस्तुत गर्दै एभरेस्ट बोर्डिङ स्कुल प्रथम भएको विद्यालयले जनाएको छ ।
प्रतियोगितामा भक्तपुर नेवारी माख प्याख नृत्य प्रस्तुत गर्दै लुम्बिनी बोर्डिङ स्कुल दोस्रो भएको छ । कृष्ण चरित्र नृत्य प्रस्तुत गरेको बुटवल एक्स आर्मी तेस्रो तथा बर्दियाली लाठी नृत्य प्रस्तुत गरेको तिनाउ बोर्डिङ स्कुलको टिम सान्त्वना भएको छ । प्रतियोगितामा प्रथम पुरस्कार नगद २५ हजार रुपैयाँ, द्घितिय पुरस्कार नगद २० हजार रुपैयाँ र तृतिय पुरस्कार नगद १५ हजार रुपैयाँ र कप, मेडल, प्रमाणपत्र र सान्त्वना १० हजार रुपैयाँबाट पुरस्कृत हुने सांस्कृतिक संयोजक यम प्रसाद श्रेष्ठले बताए ।
प्रतियोगितामा १२ सामुदायिक र १३ संस्थागत गरी २५ विद्यालयका विद्यार्थीहरूले भाग लिएका थिए। सहभागीहरूले साकेला, चण्डी नाच, थारु, भक्तपुर नेवारी माख प्याख नृत्य, राउटे (होराजन), मयुर नृत्य, टप्पा नृत्य प्रस्तुत गरेका थिए । प्रतियोगितामा नृत्य निर्देशक रमेश श्रेष्ठ , गोकुल सारू, पूजा दर्नाल निर्णायक रहेका थिए । प्रतियोगीहरूलाई भेषभुषा, हाउभाउ, स्टेज कभर, कोरियोग्राफी, सांस्कृतिक सामग्रीहरूको आधारमा उत्कृष्ट छनौट गरिएको छ ।

प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्यालले उद्घाटन गर्दै संस्कृति संरक्षण गर्न सामुदायिक विद्यालयहरू निरन्तर योगदान दिएको बताइन । विद्यार्थीहरूमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्न प्रतियोगिता महत्त्वपूर्ण हुने बताइन ।

यसैबिच प्रतियोगितामा सबै सहभागीहरूलाई विद्यालयका शिक्षक यम प्रसाद श्रेष्ठबाट १० हजार ५ सय रुपैयाँ र ईन्द्रणी सामुदायिकबाट १० हजार ५ सय रुपैयाँसहित विद्यालयका पूर्व शिक्षिका सूर्यलक्ष्मी गुभाजु, गौतमलाल शाक्य, सहायक प्र अ प्रेम कुमार श्रेष्ठ, देविकला थापा, विद्यालयका प्रमुख सल्लाहकार टेक बहादुर थापालगायतबाट समेत सहयोग गरी प्रत्येक टिमलाई नगद २ हजार रुपैयाँ वितरण गरिएको स्वयंसेवक परिचालन समितिका संयोजक मदन कुमार पछाइले बताए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विमल बहादुर शाक्यले नेपालको सबै संस्कृति एउटै स्टेजमा देख्न पाएको बताउँदै संस्कृति रक्षामा विद्यालयको योगदान रहेको बताए ।
एक समारोहका बिच बुटवल उपमहानगरपालिका शिक्षा शाखा प्रमुख टिकाराम पन्थी, विद्यालय व्यवस्थापन समितिका प्रमुख सल्लाहकार टेक बहादुर थापा, विद्यालयका प्र अ पदमराज ज्ञवालीले कक्षा नर्सरी देखि १२ सम्म अध्ययन गर्ने उत्कृष्ट ५४ जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend