बुटवल ,पुस ३
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा धर्मका नाममा अराजकता मच्चाउने काम भइरहेको बताएका छन् । उनले दक्षिणी हावाबाट देशमा धर्मको नाममा अराजकता मच्चाउने काम भएको आरोप लगाए ।
बुटवलमा रिपोटर्स क्लबले आज गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पूर्व उपप्रधानमन्त्री रहेका नेता केसीले हिन्दु धर्मको वकालत गरिनु राजतन्त्रको वकालत ठहर भएको बताउँदै त्यो गलत काम भएको बताए । उनले नेपालमा अव लोकतन्त्रको विकल्प अन्य व्यवस्था हुनै नसक्ने जिकिर गरे ।
उनले नेपाली न जनताको बुद्धि भुट्ने काम धर्मको नाममा भएको बताए । उनले त्यो असम्भव कुरा पनि दक्षिणी हावाले उचालिरहेको बताए ।उनले नेपाल सबै धर्म मान्न पाइने तर धर्मको नाममा खेल खेल्न नपाइने बताए । राज्यले कुनै धर्मको वकालत गर्न नपाइने भए पनि धर्मका नाममा अहिले देशमा अस्थिरता ल्याउने प्रयास भइरहेको उनको भनाई छ ।दलहरूले लोकतन्त्रको सीमाभित्र रहेर काम गर्न नसकेको उल्लेख गर्दै लोकतन्त्र र गणतन्त्रको विरोधमा गरिने मोर्चा बन्दी हटाउने अभियानमा साथ दिने बताए । नेपालमा सङ्घीयता घाँडो भइसकेको बताउँदै देशभरबाट यसको आवाज बलियो भएको जनाए