बुटवल, २ पुस । बुटवलको उजिर सिंह माविको हीरक जयन्तीको अवसरमा बुटवलको चिनारी हुने गरी टोल विकास संस्थाहरूको बिचमा हाजिरी जवाफ प्रतियोगिता गरिएको छ । सामरिक, ऐतिहासिक, सांस्कृतिक धरोहर बुटवलको विषयमा ६० बढी प्रश्नहरू तयार गरेर विद्यालयको विकासमा योगदान दिँदै आएका टोल विकास संस्थाहरूका ३० वर्ष उमेरभन्दा माथिका सदस्यहरूले भाग लिएका थिए ।
कार्यक्रमबाट सहभागीहरूमा विद्यालयप्रति आकर्षित हुने र बुटवल नगरबारे ज्ञान बढाउने गरी कार्यक्रम गरिएको विद्यालयका प्रधानाध्यापक पदमराज ज्ञवालीले बताए । प्रतियोगितामा टप मजुवा टोल विकास संस्था प्रथम हुँदै १० हजार रुपैयाँ, प्रमाणपत्रबाट पुरस्कृत भयो । यसै गरी कालिका उजिर सिंह टोल विकास संस्था दोस्रो हुँदै ८ हजार रुपैयाँ, पुष्प नरसिंह टोल विकास संस्था तेस्रो हुँदै ६ हजार रुपैयाँ र मनकामना टोल विकास संस्थाले चौथो हुँदै नगद ४ हजार रुपैयाँ, प्रमाणपत्रबाट पुरस्कृत भए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष विमल बहादुर शाक्य, पूर्व वडा अध्यक्ष रमेश नेपाल, पूर्व जिल्ला शिक्षा अधिकारी एव विद्यालयमा प्रमुख सल्लाहकार टेक बहादुर थापा लगायतले पुरस्कार हस्तान्तरण गरेका थिए । प्रतियोगितामा प्रवेश नगर टोल विकास संस्था, सुकुल बाबा टोल विकास संस्था, कालिका उजिर सिंह टोल विकास संस्था, सिरान गाउँ मजुवा टोल विकास संस्था, मनकामना टोल विकास संस्था ४, टप मजुवा टोल विकास संस्था, पुष्प नरसिंह टोल विकास संस्था, मनकामना टोल विकास संस्था ५, तल्लो फूलबारी टोल विकास संस्था गरी १० टोल विकास संस्थाहरू सहभागी रहेका थिए ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend