बुटवल मङ्सिर २६,
नवीन औद्योगिक कदर बहादुर रिता मावि बुटवल देवी नगरमा सातौँ दक्षिण एसियाली कराते प्रतियोगितामा कांस्य पदक विजेता विद्यार्थीलाई मङ्गलवार विद्यालयमा सम्मान गरिएको छ ।
उक्त अवसरमा प्रमुख अतिथि बुटवल नगर खेलकुद विकास समितिका संयोजक बानिन पियाले बुटवल नगर खेलकुद विकास समितिले आगामी पौष २५ गतेबाट पाँचौँ राष्ट्रपति रनिङ्ग शिल्प प्रतियोगिता २०८० सञ्चालन गर्ने गरी तयारी गरिएको र माघमा विद्यालय स्तरीय मेयर कप फुटबल प्रतियोगिता सञ्चालन गरी खेलाडी पहिचान, विकास र प्रोत्साहनलाई उच्च प्राथमिकताका साथ अगाडी बढ्ने धारणा व्यक्त गर्दै विद्यालयले सबै खेल विद्यालाई समेटेर खेलको विकास गरेकोमा खुसी व्यक्त गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद खरेलको अध्यक्षतामा विज्ञान समूह कक्षा ११ की छात्रा सुमिना अर्यालको सञ्चालनमा सम्पन्न कार्यक्रममा बुटवल उपमहानगरपालिका युवा तथा खेलकुद शाखाकी सहायक निर्देशक कोपिला ज्ञवाली, शिक्षक अभिभावक सङ्घका सदस्य राजाराम वि.क.खेलकुद प्रशिक्षक नवराज खरेल लगायतले धारणा राखेका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले विद्यालयले नवौँ क्षेत्रीय राष्ट्रपति रनिङ्ग शिल्प, २०७४ दशौँ क्षेत्रीय राष्ट्रपति रनिङ्ग शिल्प २०७५, बुटवल नगर स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्प २०७६, बुटवल नगर स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग २०७८ र बुटवल नगर स्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्प प्रतियोगिता २०७९ विद्यालयको व्यवस्थापनमा सञ्चालन भएको र विद्यालयमा कराँते, डब्लुटीएफ, आइटीएफ तेक्वान्डो नियमित प्रशिक्षक, स्काउट हुनुका साथै निकट भविष्यमा जुनियर एनसीसी सञ्चालन गरिने रुपन्देही जिल्ला स्तरीय बाह्रौँ र तेह्रौँ राष्ट्रपति रनिङ्ग शिल्डमा रुपन्देही जिल्लालाई प्रथम बनाउन बुटवल उपमहानगरको तर्फबाट विद्यालयको योगदानका विषयमा धारणा राख्दै बुटवल नगर खेलकुद विकास समितिले बुटवलका सबै सामुदायिक विद्यालयहरूमा खेल प्रशिक्षकको व्यवस्था नभएको र एउटा विद्याको प्रशिक्षकबाट सबै खेल विद्या सञ्चालन गर्न सम्भव नहुने भएकोले एथलेटिक्स अन्तरगत फिल्ड र ट्रयाकका प्रशिक्षक, भलिबल, फुटबल, क्रिकेट र कबड्डी, लगायतका विद्याका प्रशिक्षक गरी प्रशिक्षण नियुक्त व्यवस्था गर्न आग्रह गरे।
सातौँ दक्षिण एसियाली कराँते प्रतियोगितामा ५५ केजी समूहबाट सहभागी भएका सिभिल इन्जिनियरिङ समूह कक्षा १२ का विद्यार्थी राहुल चौधरीले आफ्नो अनुभव व्यक्त गरेका थिए ।
मङ्सिर १६ देखि काठमाडौँमा सम्पन्न खेलमा नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र भुटानका खेलाडीहरूको सहभागिता रहेकोमा राहुल चौधरी भारतका खेलाडी सँग पराजित भएका थिए ।
कार्यक्रममा बुटवल नगर खेलकुद विकास समितिका संयोजक बानिन पियाले सातौँ दक्षिण एसियाली कराँते प्रतियोगितामा कांस्य पदक प्राप्त गरेका राहुल चौधरी, खेल प्रशिक्षकहरू नवराज खरेल, कराँते प्रशिक्षक भूपेन्द्र शाह थापा, डब्ल्यु टीएफ प्रशिक्षक गणेश कुँवर, भलिबल प्रशिक्षक राजन खनाल, आइटीएफ प्रशिक्षक विश्व सुर्यबंशीलाई पनि सम्मान गरिएको थियो
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend