बुटवल , मङ्सिर २३ ,नेपाल समाजवादी पार्टीले एनसीएल सेयर विक्री घोटाला प्रकरणको छानबिन गर्न माग गर्दे बुटवलमा प्रदर्शन गरेको छ ।
पार्टीको बुटवल उपमहानगरपालिका कमिटीले आज बुटवलमा खबरदारी सभा गर्दे सेयर विक्री घोटाला प्रकरणको निष्पक्ष छानबिन गर्न माग गरेको छ । खबरदारी सभालाई सम्बोधन गर्दे समाजवादी लुम्बिनी प्रदेश इन्चार्ज कमल खनालले विदेशी कम्पनीले नेपाली राजस्व देखी हरेर किसिमले ठगी गरेको भन्दै सरकारले निष्पक्ष रूपमा छानबिन गर्नुपर्ने बताए । उनले एनसीएल प्रकरणमा राज्यले राजस्वबाट अर्बे रुपैयाँ गुमाउने पर्ने भएकोले त्यो रोक्नु पर्ने बताए। पार्टी केन्द्रीय सदस्य पङ्कज राईले घोटाला सरकारी पक्षका पनि मोलामोल भएको भन्दै राज्यलाई सबैले दबाब दिएर निष्पक्ष काम गर्नु पर्ने बताए ।
हरि घर्ती मगर, सुशीला पुलामी मगर केन्द्रीय,बुटवल नगर संयोजक सुरज हितान मगर ,सचिव विष्णु खत्री लगायत बोल्दै नेपाल यस्तो घटना निष्पक्ष रूपमा छानबिन रूपमा सरकार खुटा कमाउने नहुनेमा जोड दिए। पार्टीले खबरदारी सभालाई आगामी दिन थप ससत्त रूपमा लैजाने जनाएको छ ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend