logo
  • शुक्रबार, असोज ३० २०८३

गौतम बुद्ध विमानस्थल   पूर्ण रूपमा सञ्चालनमा गर्नको लागि देउवासँग माग


  • मंगलबार, मंसिर १२ २०८०

बुटवल । सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सुचारु गर्न समन्वयात्मक भूमिका निर्वाह गरिदिन पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग माग गरेको छ । सङ्घले यस क्षेत्रको आर्थिक मेरुदण्डका रूपमा रहेको यो विमानस्थलबाट निरन्तर उडानको व्यवस्था गर्न माग गरेको हो ।
मङ्गलवार भैरहवामा देउवालाई ज्ञापन पत्र बुझाउँदै सङ्घले विमानस्थलसँग सम्बन्धित सम्पूर्ण व्यवसाय, पर्यटन तथा आर्थिक अवस्था समेत नराम्रोसँग प्रभावित भएको बताएको छ । विमानस्थल पूर्णरुपमा सञ्चालन हुन नसक्दा यस क्षेत्रका उद्योगी तथा व्यवसायीहरू पलायन हुने अवस्थामा पुगेको सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले बताए ।देउवा नेपाली काँग्रेस रुपन्देहीको आयोजना गरेको कार्यक्रम सहभागी हुन भैरहवा आएका छन् । सो अवसरमा देउवालाई सात बुँदे ज्ञापन पत्र सङ्घले बुझाएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend