logo
  • शुक्रबार, असोज ३० २०८३

बुटवलको सर्भिस लेनको डिजाईन परिवर्तन गर्न उपमहानगरको आग्रह


  • आइतबार, मंसिर १० २०८०

१० मङ्सिर
बुटवल । बुटवलको राजमार्ग चौराहादेखि गोल पार्कसम्मको सडकको सर्भिस लेनको डिजाइन परिवर्तनका लागि बुटवल उपमहानगरपालिकाले सडक विभागलाई आग्रह गरेको छ ।चौराहादेखि गोल पार्कसम्मको सडक डिजाइनमा स्थानीय व्यवसाय प्रवर्द्धन, पार्किङ, सडक व्यवसाय, हरियाली, खानेपानी र विद्युतीकरणसहितको सडक निर्माण गर्नुपर्ने आवश्यकता ठहर गरी उपमहानगरपालिकाले सडकको सर्भिस लेनको डिजाइनमा हेरफेर गर्न आग्रह गरेको हो बुटवल उपमहानगरपालिकामा आइतबार बसेको सरोकारवालासहितको बैठकले बुटवलको व्यस्त बजार र बस्तीको क्षेत्रको सडकको सर्भिस लेनलाई हरियाली मात्र नगरी साना सवारी पार्किङ, साना व्यवसाय, हरियाली, व्यवस्थित खानेपानी र विद्युतीय गर्ने गरी निर्माण गर्न सडक विभागलाई आग्रह गर्ने निर्णय गरेको नगरप्रमुख खेलराज पाण्डेयले जानकारी दिए ।
उनका अनुसार बुटवलको मुख्य बजार क्षेत्रको सर्भिस लेनको बहु उपयोग गर्नका लागि सर्भिस लेनको डिजाइनलाई सडक विभागलाई पत्राचार गर्ने निर्णय गरिएको हो । उनले चौराहादेखि गोल पार्कसम्मको सर्भिस लेनको निर्माण बाँकी रहेकाले निर्माण सुरु हुनुअघि नै डिजाइनमा हेरफेर गरी स्थानीय आवश्यकताअनुसारको बनाउनका लागि आग्रह गर्ने निर्णय गरेको बताए।
उनले सर्भिस लेनको बिचबिचमा साना साना गाडी पार्किङको क्षेत्र, साना साना विश्राम स्थल, पिउने पानी, शौचालयसमेतलाई व्यवस्थित गर्ने गरी सडक विभागलाई प्रस्तावित डिजाइन पठाइएको बताए। बैठकमा उपप्रमुख सावित्रीदेवी अर्यालले स्थानीय आवश्यकतालाई हेरेर सर्भिस लेनको डिजाइनमा परिवर्तन गर्नुपर्ने बताए ।
सडक डिभिजन बुटवलका प्रमुख विसुनदास लामाले सरोकारवालाको माग अनुसार सडक विभागमा अनुरोध गर्ने बताए ।
बुटवल उद्योग वाणिज्य सङ्घ, रुपन्देही उद्योग सङ्घ, रुपन्देही व्यापार सङ्घ, ट्राफिक व्यवस्थापन कार्यालय, खानेपानी संस्थान बुटवल, यातायात व्यवसायीहरूलगायतका सरोकारवालाको सहभागिता रहेको थियो । स्थानीय सरोकार बालाबिचको छलफलको निर्णयअनुसार छिटै नै स्थानीय सरोकारवालाको भेला डाकेर सडकको सर्भिस लेन परिवर्तनका लागि बृहत् छलफल गर्ने निर्णय भएको बुटवल उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले बताए।यस्तै आइतबार बसेको अर्को बैठकले नारायणगढ बुटवल सडक खण्डअन्तर्गत बुटवल ८ र १० को नाला निर्माणका बारेमा सरोकार बालाबिच छलफल गरी आवश्यकता अनुसार सिफारिस गर्ने निर्णय गरेको छ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend