logo
  • शुक्रबार, असोज ३० २०८३

नवीन माविमा  उत्कृष्ट विद्यार्थीलाई सम्मान तथा पुरस्कार 


  • आइतबार, मंसिर १० २०८०

बुटवल मङ्सिर १०,
बुटवलको देव नगरमा रहेको नवीन औद्योगिक कदर बहादुर रिता मा।बिमा  पूर्ण छात्रवृत्तिमा छनौट विद्यार्थी र परीक्षामा उत्कृष्ट विद्यार्थीलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
प्रमुख अतिथि बुटवल उपमहानगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले विद्यालयले विज्ञान, सिभिल इन्जिनियरिङ, व्यवस्थापन, कानुन र शिक्षा समूहमा अध्यापन गराई नगर, प्रदेश र राष्ट्रिय स्तरमा उत्कृष्टता प्राप्त गर्नुका साथै खेलकुद, विद्यार्थीहरूको व्यक्तित्व विकास, नेतृत्व विकास, अनुशासन लगायत विविध क्षेत्रमा उत्कृष्टता प्राप्त गर्दै गइरहेकोमा सम्पूर्ण सरोकारवालाहरूको उल्लेखनीय भूमिका रहेकोमा प्रशंसा गर्नु भयो ।
उक्त अवसरमा चिकित्सा शिक्षा आयोगद्वारा लिइएको बाम्समा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल शुष्मा खनाल, यहि मङ्सिर १६ गतेबाट काठमाडौँमा सञ्चालन हुने सातौँ दक्षिण एसियाली किराते च्याम्पियनसिप लुम्बिनी प्रदेशको तर्फबाट ५५ केजी समूहमा छनौट भई बन्द प्रशिक्षणमा रहेका सिभिल इन्जिनियरिङ कक्षा १२ का विद्यार्थी राहुल चौधरीलाई खेलमा उत्साह एवं सफलता प्राप्त गर्न खेलकुद प्रशिक्षण सामग्री खरिद गर्न विद्यालयको तर्फबाट पाँच हजार नगद र कक्षा १२ को विज्ञान, व्यवस्थापन, कानुन र शिक्षा समूहमा उत्कृष्ट नतिजा ल्याउने  विभिन्न समूहका उत्कृष्ट विद्यार्थीहरू रुक्शा अर्याल, राहुल भण्डारी, प्रदीप ज्ञवाली, विशाल बन्जाडे, आयुष्यमा कुँवर, मनीषा थापा र सरिता दर्जी लगायत विद्यार्थीहरूलाई उच्च जपिएको आधारमा पाँच हजार, दुई हजार र एक हजार प्रमुख अतिथि बुटवल उपमहानगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले सम्मान एवं नगद रकम वितरण गर्नु भएको थियो ।
विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले विज्ञान, व्यवस्थापन, कानुन र शिक्षा समूहको समूहगत, सेक्सनगत नतिजा विश्लेषण र राम्रो उपलब्धिस्तर प्राप्त गरेका विषयहरुलाई कायम राख्दै थप सुधार गर्न र कमजोर भएका विषयहरूमा थप सुधार गर्न प्रत्येक शनिवार पुनः परीक्षा सञ्चालन अभिभावक अन्तरक्रिया एवं विद्यार्थी उत्प्रेरणा र समन्वय विद्यालयको आन्तरिक र बाह्य पक्षको विश्लेषण गर्नु भएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद खरेलको अध्यक्षतामा व्यवस्थापन समूह कक्षा १२ की विद्यार्थी बसन्ती ढकालको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक अर्जुन खनाल, राजश्री संगीतालयका प्राचार्य सुरेश सेन्चुरी चिकित्सा शिक्षा आयोगमा पूर्ण छात्रवृत्ति छनौट भएकी विद्यार्थी शुष्मा खनालले  आ आफ्ना भनाई राखेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend