बुटवल मङ्सिर ७,
बुटवलको उपमहानगरपालिका वार्ड नम्बर ११ देविनगरस्थित नवीन औद्योगिक कदर बहादुर रीता मा।वि।ले पुल्चोक इन्जिनियरिङ क्याम्पस र पोखरा विश्वविद्यालयमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थी सम्मान गरिएको छ ।
आज विद्यालयमा एक कार्यक्रमको आयोजना गरी पुल्चोक इन्जिनियरिङ र पोखरा विश्वविद्यालयमा पूर्व छात्रवृत्ति नाम निकाल्न सफल विद्यार्थीहरूलाई सम्मान गरेको विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले बताए ।
उक्त अवसरमा प्रमुख अतिथि सिचाई डिभिजन कार्यालय रुपन्देहीका सिनियर डिभिजन इन्जिनियर दामोदर सापकोटाले छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थीहरूलाई लगनशील र मेहनतका साथ अगाडी बढ्न आग्रह गर्दै राज्य र विद्यालयले गरेको लगानीको उच्च सदुपयोग गर्न आग्रह गरे।
बुटवल उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा सहायक निर्देशक कोपिला ज्ञवालीले विद्यालयले विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूको व्यक्तित्व विकास गर्ने उद्देश्यले असल अभ्यासहरूको अवलम्बन गरेकोमा निरन्तरता दिन गरिन् ।
कार्यक्रममा पुल्चोक इन्जिनियरिङ क्याम्पसमा शिशिर ज्ञवाली, निर्मल भुसाल, सुस्मिता पुनले र पोखरा विश्वविद्यालयमा राजन कोइराला, जानका मरासिनी, बिपना न्यौपाने र मोनिका बस्यालले पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थीहरूलाई सम्मान गरिएको थियो ।
सो अवसरमा विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेत, सिभिल इन्जिनियरिङ कक्षा ११ र १२ का संयोजक ई। विमल अर्याल, सिभिल इन्जिनियरिङ कक्षा ९ र १० का संयोजक ई गणेश थापा, पुल्चोक क्याम्पसमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल शिशिर ज्ञवाली र सुस्मिता पुनले आफ्ना अनुभवहरू सुनाएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद खरेलको अध्यक्षतामा कक्षा १२ सिभिल इन्जिनियरिङमा अध्ययनरत विद्यार्थी रमा थामीको संचालनमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य विद्यालय व्यवस्थापन समितिका सदस्य कमला भण्डारी ज्ञवालीले गरेकी थिइन्
विद्यालयमा कक्षा मन्टेश्वरी देखि १० सम्म पूर्ण अङ्ग्रेजी माध्यममा कक्षा ११ र १२ मा विज्ञान, सिभिल इन्जिनियरिङ, व्यवस्थापन मा होटेल व्यवस्थापन समेत, कानुन र शिक्षा समूह अध्यापन हुने गर्छ । हाल मन्टेश्वरी देखि कक्षा १२ सम्म ४६५८ विद्यार्थीहरू अध्ययनरत रहेका छन् हाल विद्यालय विद्यार्थी सङ्ख्याको आधारमा नेपालमा पाँचौँ स्थानमा रहेको छ ।