logo
  • शुक्रबार, असोज ३० २०८३

नेपाल जेसीजको ५०औँ राष्ट्रिय महाधिवेशन बुटवलमा हुँदै ।


  • सोमबार, मंसिर ४ २०८०

बुटवल , मङ्सिर ४ ।
नेपाल जेसीजको ५०औँ राष्ट्रिय महाधिवेशन बुटवलमा हुने भएको छ । बुटवल जेसीजको आतिथ्यमा आगामी मङ्सिर २९ देखि पुस २ गतेसम्म नेपाल जेसीजको ५० औँ राष्ट्रिय महाधिवेशन बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने भएको हो ।
आज बुटवल पत्रकार सम्मेलन गर्दे बुटवल जेसीज स्वर्ण वर्षमा रहेको र नेपाल जेसीजको पनि ५० औँ राष्ट्रिय महाधिवेशन भएकाले सन्दर्भ मिलाएर बुटवलमा गर्न लागिएको कन्भेन्सन डाइरेक्टर तथा पूर्व अध्यक्ष जगतबहादुर पोखरेलले जानकारी दिए ।
सोही अनुसार बुटवल जेसीजले महाधिवेशन तयारीका गतिविधिलाई तीव्रता दिएको  भनाइ छ । बुटवल जेसीजले सबैको साथ, सहयोग, समर्थन र सहकार्य गर्न चाहेको कन्भेन्सन डाइरेक्टर जगतबहादुर पोखरेलको भनाइ छ । यो महाधिवेशन बुटवल जेसीजको मात्रै नभएर बुटवल र सिङ्गो रुपन्देही जिल्लाकै गौरव प्रतिष्ठासँग जोडिएको उनको भनाई छ । यो महाधिवेशनमा नेपाल जेसीजका १७८ शाखाबाट करिब १ हजार ८ सय प्रतिनिधि बुटवलमा आउने छन् त्यसबाहेक पर्यवेक्षक तथा अतिथि समेत गरी ३ हजार बढीको सहभागिता रहनेछ  ।महाधिवेशनमा तयारी तीव्र पारिएको र यसलाई सफल बनाउन सबैले आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्ने बेला आएको बुटवल जेसीजका अध्यक्ष हरिविक्रम कुँवरले बताए । राष्ट्रिय महाधिवेशन सम्पन्न गर्नका लागि शान्ति पदयात्रा, दृश्यावलोकन, सहभागी दर्ता, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम, प्रकरण, वक्तृत्व तथा प्रशिक्षण, खाना खाजा व्यवस्थापन, किट ब्याग व्यवस्थापन, आवास व्यवस्थापन, अतिथि सत्कार, उम्मेदवार प्रशिक्षण तथा अन्तरवार्ता, उद्घाटन तथा समापन कार्यक्रम, सुरक्षा तथा सरसफाइ, सूचना तथा प्रचारप्रसार, ककस तथा निर्वाचन, आर्थिक, स्मारिका प्रकाशन, स्वागतद्वारा तथा हल व्यवस्थापन, मायाको चिनो व्यवस्थापन समिति लगायतका १७ वटा उपसमिति गठन गरिएको प्रचारप्रसार समितिका संयोजक राजीव गौतमले बताए  रुपन्देहीका सामाजिक सङ्घसंस्थाहरू, दलका जिल्ला तहका नेताहरू र प्रदेश तथा प्रतिनिधि सभा सदस्यहरूसँग पनि भेटघाट तथा छलफलको कार्यक्रम जारी राखेको राष्ट्रिय महाधिवेशन सचिव मनोज भट्टराईले बताए ।  आवास सहितको रजिस्ट्रेसन मङ्सिर १५ गतेसम्म मात्र कायम रहने जनाइएको छ । कार्यक्रममा रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, जेसिजका पूर्व अध्यक्ष अनुपमान सैंजु, गोपाल अधिकारी लगायत बोलेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend