logo
  • शुक्रबार, असोज ३० २०८३

बुटवलमा शनिबार ‘नबलक्स ग्लो फेस्ट २०२६’ हुँदै


  • शुक्रबार, असोज २३ २०८३

बुटवल, असोज २३ । नेपाली स्किनकेयर ब्रान्ड नबलक्सले शनिबार बुटवलमा ‘नबलक्स ग्लो फेस्ट २०२६’ आयोजना गर्ने भएको छ ।
असोज २४ गते बुटवलस्थित भेल्भेट लक्स होटलमा आयोजना हुने फेस्टमा कन्टेन्ट क्रिएटर, मेकअप आर्टिस्ट, ब्यूटी इन्थुजियास्ट तथा डिजिटल क्रिएटरहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।
नबलक्सको ब्रान्ड प्रवर्द्धनसँगै क्रिएटरहरूबीच भेटघाट, अनुभव आदानप्रदान र नेटवर्किङको अवसर सिर्जना गर्ने उद्देश्यले फेस्ट आयोजना गर्न लागिएको हो । कार्यक्रममा सहभागीहरूले स्किनकेयर तथा ब्यूटीसम्बन्धी आफ्ना अनुभव र सिर्जनात्मक काम प्रस्तुत गर्ने अवसर पाउनेछन् ।
फेस्टको मुख्य आकर्षणका रूपमा ‘नबलक्स ग्लो फेस काठमाडौं २०२६’ घोषणा गरिनेछ । नबलक्ससँगको सहकार्यमा सिर्जनात्मक सामग्री निर्माण तथा ब्रान्ड प्रवर्द्धनमा योगदान पुर्‍याउने क्रिएटरमध्येबाट ग्लो फेस छनोट गरिने आयोजकले जनाएको छ ।

कार्यक्रममा नबलक्सका नयाँ स्किनकेयर उत्पादनसमेत सार्वजनिक गरिनेछ । सहभागीलाई नयाँ उत्पादनबारे जानकारी दिनुका साथै तिनको अनुभव लिने अवसर पनि उपलब्ध गराइनेछ ।

नबलक्स ग्लो फेस्टको पहिलो संस्करण काठमाडौंमा आयोजना गरिएको थियो । पहिलो संस्करणपछि यस वर्षको कार्यक्रम बुटवलमा विस्तार गरिएको आयोजकले जनाएको छ ।

फेस्टमार्फत ब्यूटी तथा स्किनकेयर क्षेत्रमा सक्रिय स्थानीय क्रिएटर र डिजिटल समुदायलाई एउटै प्लेटफर्ममा जोड्ने आयोजकको लक्ष्य छ । कार्यक्रममा क्रिएटर भेटघाट, नयाँ उत्पादन सार्वजनिक, मनोरञ्जनात्मक गतिविधि तथा ग्लो फेस घोषणा मुख्य आकर्षण रहनेछन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend