बुटवल । बुटवल पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा भएको छ । यही चैत २० र २१ गते हुने समितिको २५ औ वार्षिक साधारण सभा तथा १४ अधिबेशनवाट नयां नेतृत्व समेत चयन हुने भएको छ ।
पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष टीकाराम गौतमले साधारण सभाको सबै तयारी पुरा भएको र जिल्ला वाहिरवाट आउने अतिथी पाहुनाहरुको आगमन शुरु भएको बताउनु भयो । उहांले यस पटक समितिको नयां नेतृत्वका लागि खुल्ला रुपमा लोकतान्त्रीक प्रकृया अनुसार निर्वाचन हुने समेत बताउनु भयो । उहांले आफनो कार्यकाल सफल बनाउन हरेक क्षेत्रवाट भएको सहयोग को सराहना समेत व्यक्त गर्नु भयो ।
समितिमा नयां नेतृत्वका लागि चुनावी सरगर्मी पनि शुरु भएको छ । नयां नेतृत्वका लागि ३ जनाले आकांक्षा व्यक्त गर्नु भएको बुझिएको छ । यद्यपी निर्वाचनको कार्यतालिका अझै सार्वजनिक नभएकाले आधिकारिक रुपमा उम्मेदवारी भने दर्ता नभएको निर्वाचन समितिका संयोजक महेन्द्र पाण्डेले बताए । समितिको नयां नेतृत्वका लागि पूर्व वरिष्ठ उपाध्यक्ष प्रताव बहादुर कार्कीको नेतृत्वमा प्यानल तयार गरिएको सामाजिक संजालमा देखिएको छ ।
कार्कीको प्यानलले अनुभवी, कर्मठ, उर्जाशिल, र व्यवसायी तथा मजदुरहरुको हितमा दत्तचित समावेशी संयुक्त साझा प्यानलका रुपमा अगाडी सारेका छ्न। त्यस्तै व्यवसायीक हकहितका लागि कर्मठ र योग्य युवाहरुको प्यानल भन्दै याम बहादुर जिसीको नेतृत्वमा अर्को प्यानल तयार गरिएको पनि सामाजिक संजालवाट देखिएको छ । त्यस्तै विभिन्न १४ वुद्धे प्रतिवद्धता सहित युवा व्यवसायी पंकज राईले अध्यक्षको उम्मेदवारी घोषणा गर्नु भएको छ । अध्यक्षका उम्मेदवार राईले एकल रुपमा उम्मेदवारी दिने पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका छन् ।
समितिमा २ हजार ट्रक र १ हजार २ सय जती व्यवसायी रहेका छन । समितिका वर्तमान अध्यक्ष टीकाराम गौतम, वरिष्ठ उपाध्यक्ष कमल घिमिरे र कोषाध्यक्ष शंकर लम्साल भने आगामी नेतृत्वका लागि चुनावी मैदानमा रहनु भएको छैन । महा सचिव खिम बहादुर थापा नारायण भने पुन महासचिवमा कार्की प्यानलमा रहनु भएको सामाजिक संजालमा पोष्ट भएको कार्डवाट पुष्टि भएको छ । त्यस्तै जिसीको प्यानलवाट बर्तमान सचिव बसन्त खडकाले महासचिवमा उम्मेदवारी बनेको देखिएको छ । १३ पदाधीकारी र ११ कार्यसमिति सदस्य पदका लागि निर्वाचन प्रकृयावाट नेतृत्व छनोट हुने भएको छ ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend