काठमाडौं । नेपाली कांग्रेसका नेता डा।शेखर कोइरालाले पार्टीभित्रको विवाद समाधान गर्नको लागि आफ्नो समन्वयकारी भूमिका रहने बताएका छन्। केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेसमा मध्यमार्गी भूमिका खेल्नेहरूले नै जित्ने बताए।
विशेष महाधिवेशनको माग गर्दै भएको हस्ताक्षर रुजु गर्नतिर लाग्दा पार्टी अफ्ठेरोमा पर्नसक्ने बताए। विशेष महाधिवेशन गर्ने भए केन्द्रीय समितिले नै निर्णय गर्नुपर्ने बताए।
उनले भने, ‘विशेष महाधिवेशनको माग गर्नेहरूको हस्ताक्षर प्रमाणीकरण सुरु गरेको दिनदेखि नै विभाजनको मनोविज्ञान सिर्जना गर्छ। ४० प्रतिशत मात्रै पुगेर महाधिवेशनमा गयौँ भने पनि विभाजन त भयो नि। बाँकी ६० प्रतिशत विभाजित हुने सम्भावना हुन्छ। त्यसैले केन्द्रीय समितिबाटै निर्णय गर्नुपर्छ।’
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend