बुटवल, कार्तिक २०
बुटवलको देवीनगर स्थित नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालयमा कक्षा ११ को प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।
उक्त अवसरमा मन्तव्य व्यक्त गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पूर्व सचिव दिपेन्द्र विक्रम थापाले विद्यार्थीहरूले कुनै पनि काम गर्दा सय प्रतिशत ध्यान दिएर गरेमा सबै विद्यामा सफलता प्राप्त हुने भएकोले विद्यार्थीहरूलाई लगनशील भएर लाग्न सुझाव दिनु भयो
आफू लगनशीलताको कारण २०३२ को एसएलसीमा नेपाल प्रथम, खेलकुद क्षेत्रमा पनि उत्कृष्टता र नेपालमै सहसचिवमा प्रतिस्पर्धा गरेर सहसचिव हुँदै सचिव भएको उदाहरण दिँदै उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीहरूलाई बधाई तथा शुभकामना दिँदै अन्य विद्यार्थीहरू पनि प्रयास गरे सफल हुन सक्ने बताउनु भयो प्रसङ्गवश यस विद्यालयको नामकरण गर्दा आफू शिक्षा सचिव भएको बताउनु भएको थियो ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्र योजना तथा अनुगमन महाशाखाका निर्देशक नीलकण्ठ ढकालले यस विद्यालयले प्राप्त गरेका उपलब्धि तथा असल शैक्षिक अभ्यासहरूको बारेमा परिचित भएको धारण व्यक्त गर्दै सफलताको लागि कुनै पनि काम अरूले भन्दा फरक तरिकाले गर्नु पर्नेमा जोड दिँदै विद्यालयमा पाँच हजार बढी विद्यार्थीहरू हुनुमा सङ्घीय सरकार, स्थानीय सरकार, विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन, शिक्षक स्टाफ तथा विद्यार्थीको नतिजाको योगदान अतुलनीय भएको धारणा व्यक्त गर्नु भयो ।
बुटवल उपमहानगरपालिका वडा नं। ११ का वडा अध्यक्ष एवं विद्यालयका संरक्षक रामचन्द्र क्षेत्रीको अध्यक्षतामा विज्ञान समूह कक्षा ११ की छात्रा इसा कुँवरको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले विद्यालयका असल शैक्षिक अभ्यास, उपलब्धि, सबल पक्ष र चुनौती लगायतका विषयमा सहजीकरण गर्नु भएको थियो ।
विद्यालयमा कक्षा ११ व्यवस्थापन, सिभिल इन्जिनियरिङ, विज्ञान, कानुन र शिक्षा समूहमा अध्ययनरत उत्कृष्ट नतिजा प्राप्त गर्ने र कक्षागत रूपमा प्रथम, द्वितीय र तृतीय भएका २३ सेक्सनका विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend