logo
  • शनिबार, कार्तिक १ २०८३

अर्घाखाँचीमा फोर्स गाडी दुर्घटना


  • शनिबार, कार्तिक ९ २०८२

बुटवल । कार्तिक ८
अर्घाखाँचीबाट बुटवल आउने क्रममा फोर्स जिप दुर्घटनामा परेको छ ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिका नम्बर ५ को दौरा चौतारीमा अर्घातोसदेखि बुटवल आउँदै गरेको लु १ ज ४३५२ नम्बरको फोर्स गाडी दुर्घटनामा हुँदा जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

ब्रेक फेल भई भई सडकमा पल्टिँदा दुर्घटना भएको प्रहरीको प्रराम्भीक अनुमान रहेको छ ।
प्रहरीले १ जना गम्भीर घाइते अन्य ८ जना सामान्य घाइते भएको जनाएको छ । अर्घाखाँची मालारानी १ बस्ने बर्ष ७० को भोजराज भुसाल छाती र ढाडमा चोट लागेपछि उपचारको लागि बुटवल पठाएको छ। अन्य ८ जनाको स्थानीय अस्पतालमा उपचारको भईरहेकोे छ। उक्त गाडीमा चालक सहित १५ जना सवार थिए दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend