CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90
बुटवल – असोज २४ लुम्बिनी विकास कोषको रिक्त सदस्य–सचिवमा ज्ञानीन राई कायममुकायम सदस्य–सचिव बनेका छन् । उनी लुम्बिनी विकास कोषको वरिष्ठ अधिकृत एवं १० औं तहका वरिष्ठ निर्देशक हुन् ।
कोषका सदस्य–सचिव सानुराजा शाक्यको पाँचवर्षे कार्यकाल असोज २१ म सकिएसँगै उक्त पद रिक्त भएको थियो । लुम्बिनी विकास कोष पदाधिकारी विनियमावली, ०५८ को विनियम २९९५० मा सदस्य–सचिव बिदामा बसेको वा अन्य कुनै कारणबाट अनुपस्थित रहेका बेला रिक्त रहेको अवस्थामा वरिष्ठतम् अधिकृतलाई कायममुकायम दिई कार्य संचालन गर्ने व्यवस्था रहेकाले सोही अनुसार राई कामु सदस्य–सचिव भएको कोषका सूचना अधिकृत राजन बस्नेतले बताए ।
०७६ मंसिर १५ मा कोष बोर्ड बैठकले वरिष्ठतम कर्मचारीलाई सदस्य–सचिवको अनुपस्थितिमा कामु सदस्य–सचिव बनाउने प्रावधान संशोधन गर्न पठाएकामा संस्कृति मन्त्रालयको ०७६ पुस २७ को मन्त्रीस्तरीय निर्णयले उक्त संशोधन गरेको थियो । यही संशोधनका आधारमा ०७६ माघमा राई ८ महिना कामु सदस्य–सचिव भएर काम गरिसकेका छन् ।राईले बुधबारबाटै कोषमा कामु सदस्य–सचिवका रूपमा काम सुरु गरिसकेका छन् ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend