City commuters are seen through heavy rain, in Sydney, Tuesday, June 19, 2018. The Bureau of Meteorology have issued a severe weather warning for parts of the Hunter, Central Coast and Sydney, which in turn brought about a hazardous surf warning for the area as well. (AAP Image/Chris Pavlich) NO ARCHIVING
काठमाडौँ । चितवन, धादिङ्ग र तनहुँ प्रशासनले असोज २० गतेसम्म अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह गरेका छन् ।
आजदेखि भिषण बर्षाको अनुमान रहेकाले मुग्लिङ-नागढुङ्गा एवं नारायणगढ– मुग्लिङ सडकको आवागमन थप जोखिमयुक्त हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह गरिएको छ ।
साथै यात्रा गर्नु पर्दा दिनको समयमा आ-आफ्नो गन्तव्यमा पुग्ने गरी गर्न तथा रातको समयमा यात्रा नगर्न तथा यात्रा गर्नुपर्ने अवस्थामा सुरक्षा निकायहरुबाट आवश्यक जानकारी लिएर मात्र गर्न आग्रह गरिएको छ ।
उल्लेखित समय सीमाभित्र अत्यावश्यक बाहेक मालवाहक ठुला सवारी साधनहरु नचलाउन र पूर्वानुमान बमोजिम वर्षा भएको खण्डमा वा त्यस्तो सम्भावना देखिएमा स्थानीय प्रशासनबाट राजमार्गहरुमा आवागमन बन्द गर्नुपर्ने अवस्था समेत आउन सक्ने भएकोले त्यस्तो अवस्थातर्फ सचेत एवं सतर्क रही आवश्यक सहयोग गरिदिन अपिल गरिएको छ ।

© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend