logo
  • शनिबार, कार्तिक १ २०८३

बुटवल जेसीजको पुनर्जागरण  सुरक्षाकर्मीको मनोबल उच्च बनाउँदै


  • शुक्रबार, असोज १० २०८२

बुटवल ,  असोज  १०
बुटवल जेसिजको आयोजना  र इलाका प्रशासन कार्यालय, बुटवलको समन्वयमा  साहसको उडान नामक एक दिवसीय उत्प्रेरणात्मक कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ।  आज बुटवल जेसिस हलमा भएको कार्यक्रममा सार्वजनिक सुरक्षाको चुनौतीपूर्ण जिम्मेवारी बोकेका प्रहरी अधिकारीहरूको जीवन कहिल्यै सहज नहुने भएको भीड नियन्त्रणको दबाब,  जघन्य अपराधको अनुसन्धान ,२४सै घण्टाको ड्युटी जस्ता कारणले
हरेक दिन उनीहरूको मानसिक र शारीरिक क्षमताको कठिन परीक्षा भएको हुँदा सकारात्मक ऊर्जा, आत्मबल र नयाँ ज्ञानले पुनः उचाल्ने प्रयास स्वरूप बुटवलमा  यस्तो कार्यक्रम गरिएको हो ।
किन आवश्यक छ यो कार्यशाला
प्रहरी अधिकारीहरूलाई लक्षित गरिएको यो कार्यशाला केवल मानसिक स्वास्थ्य परामर्श मात्र थिएन। बुटवल जेसितका अध्यक्ष मोहन न्यौपानेका अनुसार, यसको मुख्य ध्येय प्रहरी मेरो साथी अभियानलाई आत्मसात् गर्दै नागरिक र सुरक्षाकर्मीबिचको विश्वासको डोरीलाई अझ मजबुत बनाउनु थियो।
प्रहरीको जस्तो तनावपूर्ण पेसामा मानसिक स्वास्थ्यलाई बेवास्ता गर्नु भनेको सुरक्षाको क्षमतामा नै आघात पुर्‍याउनु हो,ू कार्यशालाका प्रमुख प्रशिक्षक रमेश अर्यालले सहभागीहरूलाई तत्काल तनाव कम गर्न सकिने  वैज्ञानिक र व्यावहारिक विधिहरू प्रयोग गर्सिर्काएका थिए
बुटवल, देव दह र सैनामैनाका १५० जनाभन्दा बढी प्रहरी अधिकारीहरूको उल्लेख्य सहभागिता रहेको यस कार्यशालाले सैद्धान्तिक ज्ञानमा मात्र सीमित रहेन।
कार्यक्रमका प्रमुख अतिथि, इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख रामचन्द्र अर्यालले प्रहरीको मानसिक सुदृढता सिङ्गो समाजको सुरक्षा र शान्तिसँग प्रत्यक्ष जोडिएको तथ्यमा जोड दिँदै यस प्रयासको उच्च प्रशंसा गर्नुभयो। उहाँले यस्ता कार्यशालाले प्रहरीलाई थप संवेदनशील, सशक्त र समाजमैत्री बनाउन मद्दत पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।
कार्यशालाले प्रहरीलाई मात्र होइन, सम्पूर्ण समाजलाई सकारात्मक ऊर्जा दिँदै मानसिक स्वास्थ्य र आत्म गौरवलाई समानान्तर अघि बढाउने नयाँ दृष्टिकोण प्रदान गरेको अर्यालको भनाइ छ।
बुटवल जेसितका कोषाध्यक्ष यदुमणि पोख्रेल,देव दह जेसितका अध्यक्ष दीपक अधिकारी र नेपाल जेसितका पूर्व राष्ट्रिय अध्यक्ष अनुपान सैजुले मन्तव्य व्यक्त गर्दै अब यो कार्यक्रम एक ुअभियानु को रूपमा अघि बढाउन आवश्यक रहेको बताएका थिए ।
महासचिव प्रकाश गैरेले गरेकाको कार्यक्रमलाई समापन गर्दै बुटवल जेसितका अध्यक्ष मोहन न्यौपानेले प्रहरीलाई सशक्त, संवेदनशील र समाजमैत्री बनाउनका लागि यस्ता कार्यक्रम अब नियमित अभियानका रूपमा सञ्चालन हुनेछन्। यस प्रतिबद्धताले बुटवल क्षेत्रमा सुरक्षाकर्मीको मानसिक स्वास्थ्य र नागरिक सम्बन्ध सुधारका लागि एक दिगो र सकारात्मक मार्गको सङ्केत गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend