बुटवल , असोज ३
नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं २ रुपन्देहीको बैठक आज शुक्रवार बुटवलमा सभापति प्रजापाला गिरीको सभापतित्वमा सम्पन्न भएको छ ।
बैठकले युवा समूहको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ भएको ठहर गरेको छ । देशमा अशान्ति, अस्थिरता र अराजकता चाहने समूहले नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा लगायत नेता माथि भएको साङ्घातिक आक्रमण, निजी सम्पत्ति र व्यवसायी प्रतिष्ठानमाथि भएको तोडफोड र आगजनीलाई नियोजित षडयन्त्र हो भन्ने ठहर गर्दै घोर भर्त्सना गरेको छ ।
आन्दोलनमा घुसपैठ गरी व्यक्ति, सार्वजनिक तथा निजी सम्पत्ति माथि गरिएको आक्रमण, तोडफोड, आगजनी र लुटपाटको घटनालाई गम्भीर षडयन्त्रको पराकाष्ठा भन्दै बैठकले घटनामाथि निष्पक्ष छानबिन गरी दोषी उपर कानुनी कारबाहीको माग गरेको छ
बैठकले पार्टी सगठन चलायमान बनाउने सन्दर्भमा यस क्षेत्र भित्र रहेका नेपाली काँग्रेस लुम्बिनी प्रदेश पदाधिकारी सदस्य, महासमिति महाधिवेशन प्रतिनिधि जिल्ला पदाधिकारी, सदस्य सँग यही असोज ४ गते शनिवार छलफल बैठक गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले क्षेत्र मातहतका पार्टिकल सबै तह र संरचना तथा भातृ एव शुभेच्छुक सस्थासग शृखलाबद्ध छलफल र बैठक गर्ने निर्णय गरेको छ।बैठकले संविधान दिवसको अवसरमा नेपाली काँग्रेस जिल्ला कार्यसमिति रुपन्देहीले आज ३ गते बुटवल उपमहानगरपालिका स्थित बिपी चोकमा साँझ ५३० बजे आयोजना गरेको दीप प्रज्वलन कार्यक्रममा उपस्थित हुन पार्टीको नेतृत्व गण, भातृ एवम् शुभेच्छुक संस्थाका पदाधिकारी सदस्य लगायत सबै तह तप्कालाई अनुरोध गरेको छ ।बैठकमा बुटवल उपमहानगर सभापति एवम् मेयर खेलराज पाण्डेय, क्षेत्रीय सचिव विमलराज भट्टराई लगायतले बोलेका थिए ।