logo
  • शुक्रबार, असोज ३० २०८३

लुम्बिनी प्रदेशमा संविधान दिवस भव्य रूपमा मनाइयो


  • शुक्रबार, असोज ३ २०८२

बुटवल , असोज  ३
जेनजी आन्दोलनको क्रमका देशमा अर्को  माहौल निमार्ण अवस्थामा लुम्बिनी प्रदेश सरकारले संविधान दिवस मनाएको छ । लुम्बिनी प्रदेशको प्रशासनिक केन्द्र राप्ती उपत्यका ९देउखुरी० मा आज  मूल समारोह आयोजना गरेर संविधान दिवस मनाइएको हो । समृद्ध लुम्बिनी, खुसी नागरिक मुख्य सङ्कल्पसहित दिवस मनाइएको थियो ।
उक्त अवसरमा मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ पुस्ताको सोच र चाहनाअनुरूप कार्यशैलीमा परिवर्तन गर्दै सबैको विश्वास जितेर अघि बढ्नु आजको आवश्यकता भएको बताएका छन् । युवा पुस्ताको चाहनाअनुरूप हाम्रो काम थप पारदर्शी, जबाफदेही र जिम्मेवार ढङ्गले अघि बढाउने प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।
उनले कार्यशैली र तौर तरिकामा परिवर्तन ल्याउन जरुरी रहेको उल्लेख गर्दै सेवा प्रवाहमा हुने ढिलासुस्ती र फाइल रोकिराख्ने प्रवृत्तिको  अन्त्य गर्नुपर्ने बताए ।  कार्यक्रममा सभामुख तुलाराम घर्तिमगरले संविधानभित्रबाट निकास खोजिनुपर्ने बताए । उनले यही संविधानभित्र बसेर युवा पुस्ताको सोचलाई सम्बोधन गर्दै अघि बढ्न सकिने बताए ।
पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संविधानलाई अझ माटो सुहाउने गरी परिमार्जन गरेर सबैका भावनालाई समेट्न आवश्यक रहेको बताए ।त्यसै गरी, पूर्व मुख्यमन्त्री जोखबहादुर महराले सामाजिक परिवर्तनको नेतृत्व वर्तमान संविधानले गर्नुपर्ने बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend