logo
  • शनिबार, कार्तिक १ २०८३

संसद् भवनभित्र मृतक भेटिए भनेर भ्रम नफैलाउन प्रहरीको आग्रह


  • बुधबार, भाद्र २५ २०८२

काठमाडौं । नेपाल प्रहरीले संसद् भवनभित्र ३२ जना मृतक भेटिएर भनेर गलत प्रचार भएको बताएको छ । अन्य देशको पुराना घटनाको हिंसात्मक तस्बिर प्रयोग गरेर भ्रम फैलाइएको प्रहरीले प्रष्ट पारेको हो ।

बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् सूचना सार्वजनिक गर्दै प्रहरीले यस्तो बताएको हो । ‘बेपत्ता भएका ३२ जना संसद् भवनभित्र मृत फेला’ भनी शीर्षक राखेर भ्रामक समाचार सामाजिक सञ्जालमा फैलाइएकोप्रति प्रहरीले ध्यानाकर्षण भएको जनाएको हो ।

प्रहरीको सूचनामा भनिएको छ, ‘यस विषम् परिस्थितिमा जनमानसमा डर, त्रास फैलाउने किसिमका भ्रामक नकारात्मक समाचार सिर्जना गरी स्थिति थप भड्काउने कार्य नगर्न तथा नगराउनु हुन नेपाल प्रहरी अनुरोध गर्दछ ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend