बुटवल, ९ भदौ ।
बुटवल ब्याडमिन्टन क्लबको छैटौ अधिवेसनबाट निर्वाचित कार्यसमितिको पद स्थापन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा निर्वाचन आयुक्त अर्जुन कार्कीले नवनिर्वाचित अध्यक्ष नलराज नेपालसहित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ खुवाए ।
क्लबमा प्रथम उपाध्यक्ष तुलसीराम भट्टराई ९शम्भु०, तद्धित उपाध्यक्ष दल बहादुर क्षेत्री, तृतीय उपाध्यक्ष भानु केसी, सचिव राजु खरेल, कोषाध्यक्ष बाबुराम पाठक, सहसचिव टिकाराम पन्थी, सह कोषाध्यक्ष नर बहादुर श्रीस, सदस्यहरूमा गोकर्ण पाण्डे, अशोक श्रेष्ठ, कृष्ण बराल, जीवन गौतम, ललित पाण्डे, छविलाल खत्री, यम बहादुर श्रीस, गणेश रायमाझी रहेका छन् । यसै गरी क्लबका सल्लाहकारमा श्याम बहादुर पुन, इन्द्र लाल श्रेष्ठ, पीताम्बर ज्ञवाली, रमेश बहादुर थापा र गोपाल टन्डन रहेका छन् ।
क्लबका संस्थापक अध्यक्ष श्याम बहादुर पुनले कार्यक्रमको उद्घाटन गर्दै नेपालको जनआन्दोलनसँग जोडिएको इतिहास बोकेको क्लब भएको बताए । क्लबबाट खेल विकास र समुदायमा समेत रचनात्मक कार्यहरू गर्दै आएको समेत उनले बताए ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष नलराज नेपालले आफ्नो कार्यकालमा पूर्वाधारसँगै खेलाडी उत्पादनमा जोड दिँदै नियमित राष्ट्रिय प्रतियोगितासँगै युवा खेलाडी उत्पादनका लागि तालिमहरू चलाउने बताए ।
कार्यक्रममा क्लबका कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्च रुपन्देहीका अध्यक्ष सुमन अधिकारी, क्लबका निवर्तमान अध्यक्ष पङ्कज ज्ञवाली, सचिव राजु खरेलले खेल विकाससँगै समुदायसँग हातेमालोमा विविध रचनात्मक कार्यक्रम गर्दै आएको बताए
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend