logo
  • शनिबार, कार्तिक १ २०८३

रुपन्देहीमा खुद्रा किराना व्यवसाय सङ्घद्वारा तीज मिलन तथा दरखाने कार्यक्रम


  • शुक्रबार, भाद्र ६ २०८२

बुटवल , भदै ६
खुद्रा किराना व्यवसाय सङ्घ रुपन्देहीको आयोजनामा तीज मिलन तथा दरखाने कार्यक्रम सम्पन्न भएको छ । महिलाको महत्वपूर्ण पर्व तीजलाई सांस्कृतिक उत्सवका रूपमा मनाउन तथा आपसी सद्भाव बढाउनका लागि यो कार्यक्रम गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा जेष्ठ नागरिक बाटुला भण्डारी उपस्थित रहेको थियो ।
सो अवसरमा सङ्घका संस्थापक अध्यक्ष टिकाराम गैरे, पूर्व अध्यक्ष कमला गौतम, सल्लाहकार कृष्ण पान्डे, पूर्व अध्यक्ष मोहन बस्याललगायतले मन्तव्य दिएका थिए ।

सङ्घका अध्यक्ष महेन्द्र पोखरेलले कार्यक्रमको अध्यक्षता गरेका थिए भने उपाध्यक्ष राधा आचार्य र महासचिव दधिराम ज्ञावालीले स्वागत तथा सञ्चालन गरेका थिए ।

कार्यक्रममा सहभागी वक्ताहरुले तीजलाई नारीहरूको अधिकार, समानता र संस्कृति जोगाउने पर्वका रूपमा प्रस्तुत गर्नुपर्नेमा जोड दिएका थिए । साथै, किराना व्यवसायीहरूको ऐक्यबद्धता, संगठन सुदृढीकरण र सामाजिक उत्तरदायित्वका विषयमा पनि छलफल गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend