बुटवल भाद्र २
राष्ट्रिय सेवा दलद्वारा नवीन औद्योगिक कदरबहादुर रिता माविदेवीनगरमा सिनियर डिभिजन तर्फको अभिमुखीकरण कार्यक्रम आइतबार सम्पन्न भएको छ।
उक्त अवसरमा राष्ट्रिय सेवा दलको लक्ष्य तथा उद्देश्य तालिमको महत्वको बारेमा तारादलगण रामनगर ब्यारेकका सेनानी तथा समन्वय अधिकृत अनिषा केसीले राष्ट्रिय सेवा दलको तालिम पश्चात विद्यार्थीहरूमा अनुशासित वफादारिता तथा इमान्दारिता राष्ट्रिय एकताको भावना नेतृत्वको विकास गरी युवा वर्गमा व्यक्तित्व विकास तथा क्षमता अभिवृद्धि गरी असल नागरिक बनाई राष्ट्र विकासमा सहयोग गर्ने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले विद्यालय २०७६ सालमा राष्ट्रिय सेवादलमा छनोट भएको तर कोभिड १९ का कारण सम्भव नभएको र गत वर्ष छनोट भएकोमा अन्तिममा अवसर नपाएकोमा यसपटकको लागि मध्यपश्चिम पृर्तनापति उपरथी, २२ नम्बर बाहिनीपति सहायकरथी र तारादल गणका गणपति प्रमुख सेनानीसँग विशेष पहल गरेकोमा छनोट हुन सफल भएकोमा सबैप्रति आभार व्यक्त गर्दै सहभागी विद्यार्थीहरूले लगनशील र अनुशासित भएर लाग्न आग्रह गर्नुभयो।
विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतको अध्यक्षतामा कक्षा सातकी विद्यार्थी समिता गौतमको सञ्चालनमा सम्पन्न कार्यक्रममा राष्ट्रिय सेवा दलका हवलदार शेरबहादुर कडायत , सुशीला पुन र विद्यालयका खेल प्रशिक्षक दीपक कुमार क्षेत्रीले सहजीकरण गर्नुभएको थियो कार्यक्रममा विज्ञान ,व्यवस्थापन, सिभिल इन्जिनियरिङ, कानुन र शिक्षा समूहका करिब २५० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। सोमबार १५ जना छात्र १५ जना छात्रा छनोट गरी भाद्र ६ गतेबाट तालिम प्रारम्भ हुने भएको छ
ि
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend