बुटवल , भदै १
बुटवल ब्याडमिन्टन क्लबको सातौँ वार्षिक साधारण सभा तथा छौठौं अधिवेशनबाट बुटवलमा सम्पन्न भएको छ । उक्त अधिवेशनबाट अध्यक्ष नलराज नेपाल निर्वाचित भएका छन् भने प्रथम उपाध्यक्ष तुल्सिराम भट्टराई (शम्भू) द्वितीय उपाध्यक्ष दल बहादुर क्षेत्री ,तृतीय उपाध्यक्ष भानु के सी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । यस्तै सचिव राजु खरेल कोषाध्यक्षमा बाबुराम पाठक , सह सचिव टिका पन्थी, सह कोषाध्यक्ष नर बहादुर श्रीस निर्वाचन भएका छन्।

सदस्यहरूमा गणेश रायमाझी , छविलाल खत्री , गोकर्ण पाण्डे , यम बहादुर श्रीस , ललित पाण्डे , जीवन गौतम र कृष्ण बराल निर्वाचित भएका छन् । यस अधि अधिवेशनको बुटवल नगरपालिका मेयर खेलराज पाण्डेयले उद्घाटन गरेका थिए ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend