बुटवल , साउन २० ।
पाँचथरमा ५ दिनदेखि हराइरहेका दाजु बहिनी मृत अवस्थामा फेला परेका छन् । पाँचथरको याङवरक गाउँपालिका–१, विरुवाका बिर्खबहादुर राईका छोरा शिशिर राई र छोरी नानुमा राईको शव बिरुवा खोला किनारमा फेला परेको हो । मृतक शिशिर १० वर्ष र उनकी बहिनी नानुमा ४ वर्षकी थिइन् । उनीहरूको शव शव मङ्गलवार बिहान बिरुवा खोला किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।विर्खबहादुर भने गाउँमै खेती किसानी गर्दै आएका थिए । उनी श्रीमती भने वैदेशिक रोजगारीमा रहेकी छन् । मृतक दुवै जना कहिले हजुरबुबा हजुरआमासँग र कहिले बुबासँग बस्दै आएका थिए जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार, साउन १५ गते शुक्रवार विद्यालय जान हिँडेका उनीहरू त्यसपछि सम्पर्कविहीन भएका थिए । जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक रुपेश तामाङले बेपत्ता भएको दिन हजुरबुबाकोमा खाना खाएर दुवै जना स्कुल गएको बताए । प्रहरीबारे अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।