logo
  • शुक्रबार, असोज ३० २०८३

रास्वपाको भैरहवामा बैठक ः  सदनमा जारी आन्दोलनलाई सडकसम्म लैजाने 


  • बिहिबार, साउन १६ २०८२

साउन  १५
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म सदनमा विरोध जारी राख्ने निर्णय गरेको छ ।
भैरहवामा बसेको रास्वपा संसदीय दलको बैठकले भिजिट भिसाको आवरणमा भ्रष्टाचार र बेतिथि मौलाएको निष्कर्ष निकाल्दै संसदीय छानबिन समिति गठन नभएसम्म सदनमा विरोध जारी राख्ने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।
उनले भने, ‘बैठकले सदनमा जारी आन्दोलनलाई फराकिलो बनाउँदै सडकबाट समेत आन्दोलन गर्ने निर्णय भएको छ ।’
यस्तै बैठकले भूमि, निजामती, शिक्षा लगायतका विधेयकमाथि संसद्को क्षेत्राधिकारलाई तोडेर आक्रमण भएको भन्दै सदनमा सशक्त भएर आवाज उठाउन समेत सांसदहरूलाई निर्देशन दिइएको परियारले बताए ।बैठकले लुम्बिनी प्रदेशका जनताले भोग्नुपरेका समस्या, लुम्बिनीको पर्यटन क्षेत्रमा देखा परेका अप्ठेरा लगायतका विषयलाई सदनमा लैजाने निर्णय गरेको छ । त्यस्तै, प्रवासी नेपालीहरूको मताधिकारको व्यवस्थाको कार्यान्वयनका लागि समेत सरकारसँग माग बैठकले गरेको छ।  बैठक  बस्नुअघि   भैरहवा कारागारमा रहेका  अध्यक्ष रवि लामिछानेलाई पनि  नेताहरूले भेटेका थिए । खास गरी रुपन्देही क्षेत्र  ३  नम्बर  ३ मा हुने उप निर्वाचन  रास्वपाको ध्यान केन्द्रित भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend