logo
  • शनिबार, कार्तिक १ २०८३

नवीन माविका सामाजिक विकासमन्त्रीसँग विद्यार्थी कार्यक्रम ः लुम्बिनीको शिक्षा सुधारमा सरकार लागि रहेको छ ः मन्त्री तिमिल्सिना


  • सोमबार, साउन १३ २०८२

बुटवल साउन १२,
नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय देवीनगरमा सामाजिक विकास मन्त्रीसँग विद्यार्थी कार्यक्रम सोमवार सम्पन्न भयो ।
उक्त अवसरमा प्रमुख अतिथि लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले विज्ञान सिभिल इन्जिनियरिङ, व्यवस्थापन, कानुन र शिक्षा समूहमा अध्ययनरत ११ र १२ का विद्यार्थीहरूले एघार वटा प्रश्नहरू सोधेका थिए जवाफ दिने क्रममा लुम्बिनी प्रदेशलाई शिक्षाको हब बनाउने नीति तथा कार्यक्रममा २७ वटा बुँदामा योजना प्रदेश सरकारले बनाएको, लुम्बिनी प्रदेशमा ४५३१ विद्यालयमा १२ लाख बढी विद्यार्थी लुम्बिनी प्रदेशमा रहेको २०८१ कार्तिक ८ गते पद बहाली गर्दा एसइई नतिजालाई कसरी सुधार ल्याउने बोलेको थिए ३८।६५ प्रतिशत नतिजा अहिले ६२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको, विद्यालय व्यवस्थापन समितिमा शिक्षा सुधार ल्याउन सक्ने व्यक्ति छनौट गराउने गरी अभिभावकलाई सचेत गराउन आग्रह गर्नु भयो ।
प्रदेशले एसइई परीक्षा सञ्चालन सम्बन्धमा सङ्घीय सरकारले पूर्ण रूपमा अख्तियार दियो भने त्यस भन्दा राम्रो तरिकाले गर्ने दाबी गर्नु भयो, प्रदेश सरकारले थुप्रै गौरवका आयोजना सञ्चालन गरेको जसमा लुम्बिनी प्रादेशिक अस्पताल, लुम्बिनी प्राविधिक विश्वविद्यालय रहेको, रुपन्देही शैक्षिक हबको रूपमा चिनिएको सकिएकोले प्रविधि सँग जोड्न कम्तीमा २० वटा नमुना विद्यालयलाई सङ्घीय सरकारसँग मिलेर आइटीसङ जोड्ने योजना भएको ७६ जना कर्मचारी भएको सामाजिक विकास मन्त्रालयमा ४० जना गुल्मीका मात्र कर्मचारी भएको दाबी गर्नु भयो । शिक्षा क्षेत्रमा केही गर्ने साहस गर्नु भएका विद्यालयका प्रधानाध्यापकको प्रशंसा गर्नु भयो ।

\
विशिष्ट अतिथि शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका इकाई प्रमुख माधव बन्जाडेले विद्यालयको नवीनतम कार्यहरू प्रति पूर्ण रूपमा सन्तोष र गर्व गरेको बताउँदै राष्ट्रका लागि रुपन्देही जिल्लाले आवश्यक उच्च स्तरीय र मध्ये स्तरीय जनशक्ति उत्पादनमा रुपन्देही अग्रस्थानमा रहेकोमा जोड दिँदै मन्त्रीसँग विद्यार्थी कार्यक्रम अति महत्त्वपूर्ण कार्यक्रम भएकोले यस्तो अवसर पाउने विद्यार्थीहरू भाग्यमानी भएको बताउनु भयो २०८१ को एसइई नतिजामा एकहत्तर प्रतिशत विद्यार्थी उत्तीर्ण भएको चार जिपिए ल्याउने नेपालकै उत्कृष्ट जिल्ला भएको बताउनु भयो ।
बुटवल उपमहानगरपालिका वडा नं। ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीको अध्यक्षतामा नवीन विद्यार्थी क्लबका अध्यक्ष सुवास पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रम विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले विद्यालयका असल शैक्षिक अभ्यासहरू विद्यालयको भौतिक,शैक्षिक, आर्थिक र व्यवस्थापकीय पक्षहरू र विद्यालयका सवाल पक्ष र कमजोर पक्षहरू प्रस्तुत गर्नु भएको थियो । विद्यालयमा हाल करिब ५००० विद्यार्थी रहेका छन्। नेपाली सेना तारा दल गण रामनगर ब्यारेकबाट सिनियर डिभिजन तर्फ एनसीसीमा विद्यालय छनोट भएको छ। विद्यालयले गत वर्ष मेयरसँग विद्यार्थी कार्यक्रम आयोजना गरेको थियो। भने यस वर्ष लुम्बिनी प्रदेशमा सामाजिक विकास मन्त्रीसँग विद्यार्थी कार्यक्रम आयोजना गर्ने लुम्बिनी प्रदेशको पहिलो विद्यालय भएको छ।
कार्यक्रममा सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीका प्रमुख हरि बहादुर विष्ट, बुटवल उपमहानगरपालिका माध्यमिक शिक्षा शाखा प्रमुख टिकाराम पन्थी,  नगर खेलकुद विकास समितिका सदस्य सुजन पुन लगायतको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend