logo
  • आइतबार, कार्तिक २ २०८३

गुणस्तरीय सेवा र पारदर्शिता सुनिश्चित गरौँ  मुख्यमन्त्री आचार्य


  • सोमबार, साउन १३ २०८२

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सङ्घ , प्रदेश र स्थानीय तहले लागु  गरेका विकास योजनाहरू जनताले प्रत्यक्ष रूपमा अनुभूति गर्न सक्ने गरी सञ्चालन गर्न र कामको गुणस्तरमा  ध्यान दिन  निर्देशन दिएका छ ।
उनले  विकास निर्माणको काममा कुनै सम्झौता नगर्न स्पष्ट  निर्देशन दिएका हुन् ।
भौतिक पूर्वाधार विकास मन्त्रालय स्तरीय विकास समस्या समाधान समिति बैठक तथा आर्थिक वर्ष २०८१र०८२ को प्रगति समीक्षा कार्यक्रमलाई सोमबार राप्ती उपत्यका देउखुरीमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले पारदर्शिता, कार्यान्वयन क्षमता र योजनाको प्रभावशीलतामा प्राथमिकता दिनुपर्नेमा जोड दिएका हुन्
उनले समपूरक, विशेष र सशर्त अनुदानको बजेट यथासमय कार्यान्वयनमा ल्याई ठेक्का प्रक्रिया छिटो टुङ्ग्याउन निर्देशन दिँदै बहुवर्षीय योजनालाई प्राथमिकता दिनुपर्ने धारणा राखे । उनले कालोपत्रे सडकभन्दा प्राविधिक दृष्टिले बलियो ढलान सडक उपयुक्त देखिएको अवस्थालाई ध्यानमा राखी ढलान सडकलाई प्राथमिकता दिनुपर्नेमा पनि जोड दिए ।जनघनत्वको आधारमा योजना छनोट र स्टिमेट तयार पार्नुपर्ने भन्दै मुख्यमन्त्री आचार्यले योजनामा देखावटी खर्चभन्दा दीर्घकालीन उपयोगिता र जनसरोकारको महत्त्व बढाउन आग्रह गरे

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend